ताजा अपडेट »

नेपाली कांग्रेसकाे आगामी महाधिवेशनमा शशांक काेइराला सभापतिको उम्मेदवार

विहीबार, २० भदौ २०८१, ०७ : ४५
20 Shares
विहीबार, २० भदौ २०८१
20 Shares

 

काठमाडौं। नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले आगामी महाधिवेशनमा आफू पार्टी सभापतिको उम्मेदवार रहने बताएका छन् ।  बुधबार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले १५ औँ महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने तयारीमा लागेको बताएका हुन ।

विमानस्थलमा पत्रकारले पछिल्ला दिनमा पार्टी सभापति देउवाका तर्फबाट आगामी महाधिवेशनमा शशांक कोइराला उम्मेदवार बन्न सक्ने चर्चा चलिरहेको विषयमा प्रश्न गरेपछि उनले यो प्रतिक्रिया दिएका हुन् । आफू निर्वाचनमा अहिलेसम्म नहारेको बताउँदै यसपटक सभापतिमा निर्वाचित हुने विश्वास व्यक्त गरे । 

नेता कोइरालाले भने, 'अब सभापतिको उम्मेदवार मै हुँ । सोच्ने कुरै छैन ।' महाधिवेशन समयमा नै हुनुपर्ने बताउँदै उनले थपे, 'सभापतिजीले महाधिवेशन समयमा नै गर्नुहुन्छ कि गर्नु हुँदैन भन्ने मात्र हो ।' कांग्रेसको अबको अभियान आगामी निर्वाचन र महाधिवेशन केन्द्रित रहने कोइरालाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।