ताजा अपडेट »

सिद्धार्थ बोर्डिङमा तीज गीत सम्पन्न

बुधबार, १९ भदौ २०८१, १९ : ०६
1.31K Shares
बुधबार, १९ भदौ २०८१
1.31K Shares

तिलोत्तमा । हरितालिका तीजको अवसरमा तिलोत्तमा ४ मा अवस्थित सिद्धार्थ इङ्ग्लिस बोर्डिङ सेकेन्डरी स्कुलमा तीज गीत प्रतियोगिता सम्पन्न भएको छ । कक्षा १ देखि ९ सम्मका ४६ समूहले भाग लिएको उक्त कार्यक्रम विभिन्न तहमा विभाजन गरिएको थियो । उक्त प्रतियोगितमा विद्यार्थीहरुले मौलिक संस्कृति झल्किने खालका भेषभूषा लगाएर मौलिक गीतसमेत गाएर नृत्य गरेका थिए । 

शिक्षिका तारा थापाको अध्यक्षतामा भएको कार्यक्रमा अतिथिको रुपमा विद्यालयका प्रबन्ध निर्देशक बावुराम खनाल, प्राचार्य यम बहादुर राना र सह–प्राचार्य रमेश प्रसाद बश्यालले शुभकामना व्यक्त गरे । प्राचार्य रानाले चाडवाडले मौलिक संस्कृति तथा भेषभूषाको जगेर्ना गर्न मद्दत पुगेको बताए । अतिरिक्त क्रियाकलाप प्रमुख शङ्कर पौडेल संयोजक भएको कार्यक्रम मेघराज भट्टराई र शान्ति भट्टराईले सञ्चालन गरेका थिए । कार्यक्रममा तहगत रुपमा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।