ताजा अपडेट »

तीज संस्कृतिको जगेर्ना गर्नु सबैको कर्तव्य हो : मुख्यमन्त्री आचार्य

बुधबार, १९ भदौ २०८१, १६ : ०२
66 Shares
बुधबार, १९ भदौ २०८१
66 Shares

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाली मौलिक कला संस्कृतिहरुलाई असर गर्नेगरी विकृती भित्रिन थालेको प्रति चिन्ता व्यक्त गरेका छन् । पछिल्लो समय तिज पर्वमा भित्रिन खोजेको विकृती विसंगती रोक्ने जिम्मेवारी सबैको भएको समेत बताए । 

मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा तीज पर्वको अवसरमा बुधवार आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले तीज संस्कृतिको जगेर्ना गरेर अघि बढ्नु सबैको कर्तब्य भएको बताए । मौलिक कला संस्कृतीको जगेर्ना गर्दै भित्रिन खोजेको विकृती विसंगतिलाई रोक्नेगरी पर्व मनाउन आग्रह गरे ।

‘तिजलाइ भड्किलो बनाउन खोजिएको छ । विकृतिले घेर्न थालेको छ’–उनले भने, ‘भड्किलो तिलाई निरुत्साहित गर्ने जिम्मेवारी सबैको हो । यस तर्फ पनि हामीले ध्यान दिनुपर्ने छ ।’  शुभकामना आदान प्रदान कार्यक्रममा लुम्बिनी प्रदेशका कायम मुकायम प्रमुख सचिव महादेव पन्थ, मन्त्रालयका सचिव लगायत कर्मचारीहरुको सहभागीता थियो । हरितालिका तीजको अवसरमा लुम्बिनी प्रदेश सरकारले शुक्रबार सार्वजनिक विदा समेत दिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।