ताजा अपडेट »

कर्मचारी युनियनको स्थापना दिवसमा पशु आहार वितरण

बुधबार, १९ भदौ २०८१, १५ : ५०
40 Shares
बुधबार, १९ भदौ २०८१
40 Shares

बुटवल । नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसको उपलक्ष्यमा नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीले एक समारोह गरी स्थापना दिवश मनाएको छ । युनियनले बुटवल उपमहानगरपालिका वार्ड नम्बर ७ शिवनगरमा रहेको नन्दिनी गौशालामा पशु आहार वितरण गरेको हो  । 

कार्यक्रमका  अवसरमा बोल्दै नेपाली कांग्रेस रूपन्देहीका सभापति एवम तिलोत्तमा नगरपालिकाका नगरप्रमुख रामकृष्ण खाँणले गौ संरक्षणमा जुट्न आह्वान गरे । सबैले आफू सक्दो खानाको व्यवस्था गरेमा गौमाताको रक्षा सहज ढंगले हुने बताए । कांग्रेस रूपन्देही क्षेत्र नं २ का सभापति प्रजापाल गिरी, बुटवल उपमानगरपालिका वडा नं ४ का वार्ड अध्यक्ष नरिश्वर शर्मा पौडेल लगायतले गौ संरक्षणमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारले विशेष चासो राख्नु पर्नेमा जोड दिए । 

नेपाल निजामती कर्मचारी युनियन रुपन्देहीका अध्यक्ष चक्रपाणी पाण्डेले युनियनले सामाजिक उत्तर्दायित्व बहन गर्दै समाजका लागि सदैव लागिरहने बताए । उनले युनियन दिवसको उपलक्ष्यमा सम्पुर्ण राष्ट्रसेवक कर्मचारीहरूमा कार्यसम्पादनमा अझ बढी निखारता ल्याउनु पर्नेभन्दै शुभकामना व्यक्त गरे । टेकराज पन्थीको स्वागत तथा भोजराज न्यौपानेको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।