ताजा अपडेट »

नेपाली बजारमा आज कति छ सुनचाँदीको मुल्य ?

बुधबार, १९ भदौ २०८१, ११ : २०
126 Shares
बुधबार, १९ भदौ २०८१
126 Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य घटेको छ ।

बुधबार सुन तोलाको एक लाख ५२ हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार र मंगलबार पनि सुनको मुल्य १ लाख ५२ हजार मै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको २० रुपैयाँले घटेर १७५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।