ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा ग्रेजुयसन तथा स्वागत कार्यक्रम सम्पन्न

मंगलबार, १८ भदौ २०८१, १८ : २६
472 Shares
मंगलबार, १८ भदौ २०८१
472 Shares

रुपन्देही। ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा)   कक्षा १२ उत्तीर्ण  विद्यार्थीको ग्रेजुएसन तथा नव आगन्तुक  कक्षा ११ का विद्यार्थीको स्वागत कार्यक्रम  ड्रिमलेन्ड गोल्ड रिसोर्ट  मणिग्राममा सम्पन्न  भएको छ।

विद्यालयका प्राचार्य  दिलबहादुर  बुढाथोकीको अध्यक्षता र  ब्रिटिस कलेज काठमाडौका प्राचार्य  प्याटरिक म्याक डुलनको प्रमुख  आतिथ्यतामा सम्पन्न  कार्यक्रममा  विद्यालयका निर्देशक विष्णुप्रसाद  भुसाल , पुष्पा कँडेल  , सस्थापक डिबी खत्री  , श्यामलाल खरेल , स्कुल हेड अरुण कुमार कँडेल  लगायतले शुभकामना  व्यक्त  गरे ।
 
कार्यक्रमको पहिलो सत्रमा मोफसलमा दोस्रोपटक पनि सत प्रतिशत  विद्यार्थी  उत्तीर्ण  भएका विद्यार्थीको ग्रेजुयसन भएको थियो।  प्रमुख अतिथि प्याट्रिकले गाउन र प्रमाणपत्र  वितरण  गरि बिद्यार्थीलाई दिक्षित गरेका थिए भने दोस्रो  सत्रमा कक्षा १२ का विद्यार्थीले  ११ कक्षाका विद्यार्थीलाई  स्वागत गरेका थिए ।

IMG-20240903-WA0033

स्वागत  समारोहमा विद्यालयका संस्थापक प्राचार्य  राजेन्द्र  कुँवर  ,+ २ संयोजक  महेश पौडेल  लगायतले स्वागत मन्तव्य  सहित विद्यार्थीलाई टीका , खादा र स्वागत पत्र  सहित अभिनन्दन  गरेका थिए ।

४० भन्दा बढी साँङ्गीतिक प्रस्तुति सहित सम्पन्  कार्यक्रम  विद्यार्थी सुजल बस्याल ,कसक पराजुली  ,अनुज पन्थी  ओसिन अधिकारी  ,कृष्ण न्यौपाने  ,रेनुका बस्यालले सञ्चालन  गरेका थिए भने विन्दिया सेन , अन्जुम बेगमले मन्तव्य राखेका थिए ।

 सम्पूर्ण  विद्यार्थीका अभिभावक सहित सम्पन्न  समारोहमा  अभिभावक अर्जुन कौसलले विद्यालयको अभिभावक  बन्न पाएकोमा गौरव  महसुस भएको विचार व्यक्त  गरे ।IMG-20240903-WA0032

मोफसलमा एक मात्रै  प्रोग्रेसिभ   शिक्षण पध्दतिसहित स्थापित भएको यस विद्यालयले ग्रेजुएसन र स्वागत  कार्यक्रम  अत्यन्तै  फरक शैलीमा  सम्पन्न गरेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।