ताजा अपडेट »

धेरैले रिपोर्ट गरेपछि फेसबुकले हटायो बालेनको पोस्ट

मंगलबार, १८ भदौ २०८१, १३ : ५८
246 Shares
मंगलबार, १८ भदौ २०८१
246 Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को पोस्ट फेसबुकले हटाएको छ । नेकपा एमालेका तर्फबाट लुम्बिनी प्रदेश सांसद रहेकी रेखा शर्माले बाल शोषण गरेको आरोप लगाउँदै बालेनले फेसबुकमा राखेको स्ट्याटस हटेको हो । 

बालेनको सचिवालयका अनुसार उक्त फेसबुक पोस्टमा अत्यधिक रिपोर्ट आएपछि पोस्ट नै हटेको छ । “धेरैले (सांसद शर्माको) फोटो प्रयोग गरेको भनेर रिपोर्ट गरेपछि फेसबुकले पोस्ट हटाएको जस्तो देखिन्छ,”   सचिवालय स्रोतले भन्यो, “अहिले हामी पोस्ट रिकभर गर्ने प्रयासरत छौं ।” यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो ।

बालेनले आइतवार इन्स्टाग्राम र एक्समा राखेको सोही पोस्ट भने हटेको छैन । ​पछिल्लो समय फेसबुकले अरूको फोटो प्रयोग भएका पोस्टहरू हटाइदिने गरेको सामाजिक सञ्जाल अनुसन्धानकर्ता सौगात पोखरेलले बताए । “फेसबुकले अहिले कपिराइट इस्युलाई बढी प्राथमिकता दिइरहेको छ,” उनले भने, “फोटोमा कपिराइटको रिपोर्ट गर्दा फेसबुकले तत्कालै एक्सन लिने गर्छ ।” 

यसअघि पनि फेसबुकले बालेनका केही पोस्ट हटाइदिएको थियो । 

 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।