ताजा अपडेट »

प्रतिनिधि सभा बैठक : यस्तो छ सम्भावित ५ कार्यसूची

मंगलबार, १८ भदौ २०८१, ०७ : ३१
28 Shares
मंगलबार, १८ भदौ २०८१
28 Shares

काठमाडौं । आज प्रतिनिधि सभाको बैठक बस्दै छ । आज अपराहन्न १ बजे संसदको बैठक बस्ने संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको सम्भावित कार्यसूची अनुसार सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने रहेको छ । यसैगरी सहरी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र खानेपानी मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीमा समावेश छ । 

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समितिको कार्यावधि थप सम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने छन् । यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मर बहादुर थापाले राष्ट्रिय सभामा उत्पत्ति भएको 'नेपाल विश्वविद्यालय विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८१' र 'सार्वजनिक सेवा प्रशारण विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१' पेश गर्ने छन्।

बैठकमा उपप्रधानमन्त्री एवम् अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले 'धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने छन् भने 'आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्' भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा समावेश छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।