ताजा अपडेट »
कराेड क्लवमा गीत

विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ ९ दिनमै करोड क्लबमा प्रवेश

मंगलबार, १८ भदौ २०८१, ०७ : ०३
64 Shares
मंगलबार, १८ भदौ २०८१
64 Shares

काठमाडाैं । चर्चित गायिका विष्णु माझीको नयाँ तीज गीत ‘आइनँ आमा यो तीजमा’ करोड क्लबमा प्रवेश गरेको छ। सार्वजनिक भएको ९ औँ दिनमा यस गीतलाई एक करोड बढी पटक हेरिएको हो। यसअघि गीतले २४ घण्टामा सर्वाधिक हेरिने नेपाली गीतको रेकर्ड कायम गरेको थियो। सुन्दरमणी अधिकारीको शब्द र संगीत रहेको गीतलाई १ दिनमै १५ लाख बढी भ्युज मिलेको थियो। 

हरेक वर्ष तीज लागेसँगै स्राेताहरू चर्चित गायिका विष्णु माझीका गीतको व्यग्र प्रतीक्षामा हुन्छन्। कतिपय दर्शक-स्रोताले विष्णुका गीत सुनेपछि मात्रै तीज आएको अनुभूति गर्ने गर्छन्।  हुन पनि विष्णुका गीतहरूमा नेपाली मौलिकता, दिदीबहिनीहरूका पिडा अनि वेदना समेटिन्छन्। नेपाली लाेक गीतमा छाडापन बढेको गुनासो आइरहँदा विष्णु माझीका गीत भने उदाहरणीय बनिदिन्छन्।

यस पटक सार्वजनिक   ‘पुतलीको भट्टी भाग २०’ मा समावेश गरिएको गितमा उनकाे एकल स्वर सुन्न सकिन्छ। तीजमा माइत जान नपाएको कुरा समेटिएको गीतलाई आशिष अविरलले एरेन्ज गरेका हुन्।  एक दिनमै सर्वाधिक हेरिने गीतकाे कितर्समान बनाएपनि यस गीतले प्रकाश सपुतको  ‘सकम्बरी’ को रेकर्ड भने तोड्न सकेन।  ‘सकम्बरी’  सार्वजनिक भएको एकसातामै करोडभन्दा बढी पटक हेरिएको थियो।

यद्यपी विष्णुले आफ्नो पुरानो गीतको रेकर्ड भने आफैले तोडिन्।  तीनवर्षअघि सर्वाधिक चर्चित गीत ‘चरी जेलैमा’ गीतले १३ दिनमा एक करोड भ्युज पाएको थियो।

केही वर्षयता विष्णुले अन्य स्रष्टाका गीतमा स्वर दिएकी छैनन्। म्युजिक निर्माताहरूले महँगो पारिश्रमिक दिए पनि उनी श्रीमान् सुन्दरमणिका गीत मात्रै गाउँछिन्। उनका सबै गीतहरू सपना म्युजिक इन्ड्रस्ट्रिजमार्फत सार्वजनिक हुँदै आएका छन्।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।