ताजा अपडेट »

प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगितामा अर्बिन र सन्जोक जोडी प्रथम

सोमबार, १७ भदौ २०८१, २१ : २९
236 Shares
सोमबार, १७ भदौ २०८१
236 Shares

बुटवल । लाफा समुह बुटबलले आयोजना गरेको ७ औ प्रदेस स्तरीय ब्याडमिन्टन प्रतियोगितामा लाफा समुहका खेलाडी अर्बिन श्रीपाली र सन्जोक थापाको जोडी प्रथम हुन सफल भएको छ । 

दुईदिनसम्म चलेको खेलमा गुल्मी का खेलाडी सुमन बुचार कृष्ण रहाडी मगरको टिमलाई १९–२१, २१–१२, २१– ७ बनाउदै अर्बिन र सन्जोकको  समुह विजयी भएको हो ।
बिजेता टिमले नगद  ३५ हजार  सिल प्रमाणपत्रले सम्मा गरीएको थियो भने उप बिजेत हुन सफल गुल्मीको टिमले नगद २० हजार  सिल प्रमाणपत्र हात पारेको हुन  । 

Messenger_creation_75809155-AC18-4B1E-9C14-E6126AE63A3B

४५  बर्ष माथिका भेट्रान्सतर्फ  तिलोत्तमा ब्याडमिन्टल क्लबका खेलाडी   थम्मन सारु र सुरज गुरु·को समुह बिजयी भएको हो ।  सोझो सेटमा बुटबल ब्याडमिन्टन क्लबलाई हराउदै  तिलोत्तमा बिजयी भएको हो । 

खेलमा २१–२०, २१–१३ बनाउदै तिलोत्तमा ब्याडमिन्टन क्लब  नगद ३० हजार, सिल्ड र  प्रमाण पत्र हात पारेको छ , भने उप बिजेता  हुन सफल   बुटबल ब्याडमिन्टन क्लबले नगद २० हजार सिल प्रमाण पत्र हात पारेको  छ ।

यस्तै  सान्तव्यना हुन सफल लाफा समुहका खेलाडी बबिन थापा गुरन र गाहा नगद १० हजार सहित कप मेडलले प्राप्त गरेका थिए । फिटएन फाईनका खेलाडी पुरन राना र श्याम मल्ल नगद १० हजार कप मेडल प्रमाणपत्र  प्राप्त गर्ने सफल भएको लाफा समुह बुटबलका उपाध्यक्ष ज्ञानु थापाले बताए । 

समापन कार्यक्रममा बोल्दै तिलोत्तमा नगरपालीका का नगरप्रमुख रामकृष्ण खाँणले मानिसको जिवनमा खेलकुदको ठुलो महत्व रहेको भन्दै  खेलकुद क्षेत्रमा लागेका खेलाडीहरुले आफनो स्वास्थ्य सँगै देशको समेत पहिचान गराउन ठुलो भुमिका रहने  बताए ।
 बिश्व भरी ब्याडमिन्टन खेलको महत्व  रहेको    भन्दै पछिल्लो समय नेपालमा समेत यो खेलमा धेरैको रुचिको बिषय बनेको बताए ।

तिलोतमा नगरलाई खेलकुद मैत्रिबनाउन हरेक खेलक्षेत्रलाई सक्दो  सहयोग गदैआएको भन्दै लाफा समुहले तिलोतमा  नगरभित्र  प्रतियोगिता गरेरकोमा धन्यवाद  दिदै   आगामी दिनमा लाफाले   तिलोत्तमा मा गर्ने  प्रतियोगितामा  सक्दो सहयोग  गर्ने बताए । 

बुटबल उपमहानगरपालीका बडा नम्बर ८ का बडा अध्यक्ष यज्ञ प्रसाद पंगेनी तिलोतमा, नगरपालीका ३ का बडा अध्यक्ष कल्याण पौडेल ले  खेलकुद क्षेत्रले युवाहरुलाई अनुसाशित र लगनसिल बनाउने बताए । लाफा समुहका अध्यक्ष बबिन थापाले छोटो समयमा प्रयोगिता सम्पन  र्गन सफल भएकोमा  सहयोगी सबैलाई धन्यवाद दिएका थिए  प्रतियोगितामा ९० समुहको सहभागीता रहेको थियो   ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।