ताजा अपडेट »

समृद्धि, विकास र सुशासनमा पार्टी पङ्क्तिको दायत्वि बढ्योः मुख्यमन्त्री आचार्य

सोमबार, १७ भदौ २०८१, १९ : ३६
30 Shares
सोमबार, १७ भदौ २०८१
30 Shares

बर्दिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्धि, विकास र सुशासनमा पार्टी पंक्तीको दायित्व बढेर गएको बताएका छन् । नेकपा एमाले बर्दिया जिल्ला कमिटिले ठाकुरद्वारामा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उनले जनप्रतिधिनिले अघि बढाएका नविनतम नीति, कार्यक्रम र योजनालाई पार्टीले संस्थागत रुपमा साथ दिनुपर्ने, जनप्रतिनिधी र पार्टी पंक्ति चुनावमा भएको जस्तै सहकार्य, समन्वय हुन जरुरी रहेको बताए ।

‘जनतासँग संवाद गरेर सरकारको नीतिहरू र योजनाबारे जानकारी दिने काम पार्टीपंक्तिको हुन जान्छ’-एमाले केन्द्रिय सदस्य समेत रहेका आचार्यले भने, ‘जनताका समस्याहरू बुझ्न र समाधान गर्ने प्रयासमा सरकारलाई सहयोग समेत गर्नुपर्दछ ।’ मुख्यमन्त्री आचार्यले सरकारले गरेका राम्रा अभ्यासहरुको खुलेर प्रचारप्रसार गर्न निर्देशन दिए । साथै उनले सरकारले बनाएका नीति र योजना सुधारका लागि समेत सुझाव दिन आह्वान गरे ।

लुम्बिनी प्रदेश सरकारले सुशासन, पारदर्शीता, जवाफदेहिताका साथै नागरिकको विश्वास जित्नेगरी काम थालेको दाबी गरे । पूर्व विशिष्ट व्यक्तिहरुले पाउँदै आएको सुविधाहरु खारेज गर्ने, मुख्यमन्त्री र मन्त्रिहरुलाई आचारसंहिताको दायरा भित्र राख्ने, पाँच लाख भन्दा माथिका योजनालाई प्रतिस्पर्धाको माध्यमबाट कार्यान्वयनमा लैजाने विषय सुशासनसँग जोडिएको भन्दै नागरिकहरुको विश्वास जित्नेगरी प्रदेश सरकारले काम अघि बढाएको बताए । प्रदेश सरकार गठन भएको छोटो अवधनीमानै उपलब्धीहरु देखिएको तर, यसको प्रचार प्रसार हुन नसक्दा नागरिकहरुमा निरासा बढेको जस्तो देखिएको टिप्पणी गरे ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।