ताजा अपडेट »

फोर सिजन बार एण्ड रिसोर्टको आयोजनामा तीज मिलन कार्यक्रम

सोमबार, १७ भदौ २०८१, १९ : २२
48 Shares
सोमबार, १७ भदौ २०८१
48 Shares

देवदह । नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीजको अवसरमा रुपन्देहीको देवदहमा-८ पाकडीमा रहेको फोर सिजन बार एण्ड रिसोर्टले आयोजनामा गरेको तीज मिलन कार्यक्रम सम्पन्न भएको छ । देवदह नगरपालिका वडा नम्बर-८ पाकडीमा रहेको रिसोर्टले तीज मिलन कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै देवदह नगरपालिकाका उपप्रमुख विद्या लक्ष्मी गुरुङले देवदह नगरपालिकालाई नमुना पालिका बनाउन लागिरहेको बताउँदै सहकार्यका लागि आग्रह गरिन । तीज मनाउने बहानामा पछिल्लो समय विकृति भित्रीएको भन्दै सभ्य र विकृति रहित ढंगबाट संस्कृतिको जगेर्ना हुनेगरी पर्व मनाउन उपप्रमुख गुरुङले आग्रह गरेकी थिइन ।

रिसोर्टले देवदह नगरपालिका भित्र रहेका बैंक तथा वित्तीय संघ सस्थाका जागिर गर्ने त्यस्तै नगरपालिका भित्र सफल व्यावसायी गर्ने र समाजसेवी ५० जना महिलाहरुलाई दर खुवाएको रिसोर्टका संचालकद्वय बादल पाण्डेय र घनश्याम पाण्डेयले जानकारी दिए ।रिसोर्टका संचालक बादल पाण्डेयको अध्यक्षता र बिनिता श्रीसको संचालनमा तीज मिलन कार्यक्रम सम्पन्न भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।