ताजा अपडेट »

लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई तीजको दर खान भ्याई-नभ्याई

सोमबार, १७ भदौ २०८१, १७ : २४
340 Shares
सोमबार, १७ भदौ २०८१
340 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यलाई दरखान भ्याई नभ्याई छ । मुख्यमन्त्री आचार्य विभिन्न सम्पर्क समाजले राखेका तीज मिलन कार्यक्रममा गएर दिन काटेका छन् । 

मुख्यमन्त्री आचार्य शनिवार मात्रै ३ वटा तीज मिलन तथा दर खाने   कार्यक्रममा पुगेको कुरा उनकै सचिवालयले सामाजिक सञ्जालमा पोष्ट गरेका तस्वीरबाट पुष्टि हुन्छ । मुख्यमन्त्री आचार्य शनिवार नै अन्य केही सम्पर्क समाज लगायतका विभिन्न संस्थाहरुले आयोजना गरेका तीज मिलन तथा दर खाने कार्यक्रममा समेत सहभागि भएका थिए ।

उनको सचिवालय सामाजिक सञ्जालमा सार्वजनिक गरेको तस्वीर अनुसार मुख्यमन्त्री आचार्य  शनिबार अर्घाखाँची भगवती रुपन्देही सम्पर्क समाज, हंसपुर रुपन्देही सम्पर्क समाज र बल्कोट अर्घाखांची रुपन्देही सम्पर्क समाजले आयोजना गरेका तीज मिलन तथा दर खाने कार्यक्रममा गएका थिए । 

मुख्यमन्त्री आयार्य विकास निर्माण र सार्वजनिक महत्वका कार्यक्रममा भन्दा पनि स–साना कार्यक्रमलाई प्राथमिकता दिएको भन्दै उनको आलोचना भएको छ ।

मुख्यमन्त्री चेतनारायण आचार्यको सचिवालयले सामाजिक सञ्जालमा पोष्ट गरेको तस्वीरहरु माथि टिप्पणी गर्दै रमेश खनालले भनेका छन्–‘प्रदेशको मुख्यमन्त्री जस्तो मान्छे दिर्घकालिन योजना बनाउदै समृद्धिको खाका कोर्न छाडेर कहिले सम्पर्क मन्चको कार्यक्रममा कहिले त्यस्तै तीजको कार्यक्रममा रमाइलो छ त । मुख्यमन्त्री पनि यसरी फाल्टु हिडिरहने देश कसरी बनोस ?’ 

यसैगरी उमेश घिमिरेले व्यङ्ग गर्दै भनेका छन्–‘मुख्यमन्त्री ज्यू प्रदेशको कार्यपालिका प्रमुख पनि सारै फुर्सदिलो ।’ अर्का फेसबुक प्रयोगकर्ता टिकाराम पौडेलले भनेका छन् –‘सहभागितालाई प्रशंशा, शनिबार सरकारी गाडी प्रयोग भयो कि नाई?’
 

  
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।