ताजा अपडेट »

१२ औँ लियो तीज मिस २०८१ को उपाधी प्रियंका थापालाई

सोमबार, १७ भदौ २०८१, ११ : ५३
178 Shares
सोमबार, १७ भदौ २०८१
178 Shares

बुटवल । १२ औँ लियो तीज मिस २०८१ प्रियका थापा मगरले जितेकी छिन् । लियो क्लब अफ सैनामैनाले आयोजना गरेको लियो तीज मिस २०८१ थापाले जितेकी हुन् । 

उपाधीसँगै थापाले नगद रु २५ हजार, क्राउन, ट्रफि, प्रमाणपत्र र अन्य आकर्षक उपहारहरू पाइन् । यस्तै फस्ट रनर अफ कशिस थापा, सेकेण्ड रनर अफ खुशि सुनार भएको लियो क्लब अफ सैनामैनाका अध्यक्ष प्रशन्न पन्थले बताए । यस्तै फस्ट पहिलो रनर अफ कशिस थापाले  नगद १५ र द्रोसो रनर अफ खुशि सुनारले नगद १० हजारसहित क्राउन, ट्रफि, प्रमाणपत्र र गिफ्ट ह्याम्प पाए । 

विजेताहरुलाई सैनामैना नगरपालिकाकी उपप्रमुख विना मगरले पुरस्कार प्रदान गरेकी थिइन् । प्रतियोगितामा सहभागि हुन इच्छुकको लागि अनलाइनबाट आवेदन लिएको थियो । प्रतिस्पर्धीहरूलाई भाद्र ९ देखि भाद्र १३ गतेसम्म कोरियोग्राफर र प्रशिक्षकहरूबाट विशेष प्रशिक्षण दिएको थियो । पुजा ढकालले कोरियोग्राफर गरेकी हुन् । 

कार्यक्रममा पुर्व अध्यक्ष राजकुमार चौधरी, सल्लाहकार गोपाल पाण्डे र मुक्तिप्रसाद श्रेष्ठले बोल्दै कार्यक्रमलाई आगामी दिनमा पनि अघि बढाउन आवश्यक सहयोग गर्न तयार रहेको बताए ।  पुरस्कार वितरण समारोहमा श्रदा कुँबर र मुक्तिप्रसाद श्रेष्ठलाई विशेष अथितिको रुपमा आमन्त्रण गरिएको थियो ।

यस्तै  निर्णयाकको रुपमा मीन प्रधान, श्रृटि घिमिरे र अशोक राना रहेका थिए । कार्यक्रमको संचालन संचारकर्मी तथा उदघोषक सुमन श्रेष्ठले गरेका थिए । 
क्लबले हिन्दु नेपालीहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर यो कार्यक्रम गर्दै आइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।