ताजा अपडेट »

पाल्पामा स्कुटर अनियन्त्रीत भई पल्टिँदा १ जनाको मृत्यु

सोमबार, १७ भदौ २०८१, ११ : ५०
1.68K Shares
सोमबार, १७ भदौ २०८१
1.68K Shares

बुटवल । पाल्पाको रामपुरमा स्कुटर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।   रामपुर नगरपालिका वडा नम्बर १० बर्दलेमा सोमबार बिहान स्कुटर दुर्घटनामा परेर स्थानीय ४० वर्षीय यामबहादुर खरुको मृत्यु भएको हो । 

खरुले चलाएको लु ४४ प २४३१ नम्बरको स्कुटर सडकछेउको पोलमा ठोक्किएर पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालका बताए । कालीगण्डकी करिडोरअन्तर्गत बर्दलेबाट रामटारतर्फ जाने क्रममा बिहान ८ बजेर ५५ मिनेटमा स्कुटर दुर्घटनामा परेको थियो ।

दुर्घटनामा परी घाइते भएका खरुलाई उपचारका लागि रामपुर अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।