ताजा अपडेट »

बाल गायिका साँम्या पाण्डेको  मेरो बाबा गीत सार्वजनिक (भोडियोसहित)

सोमबार, १७ भदौ २०८१, ११ : ३१
280 Shares
सोमबार, १७ भदौ २०८१
280 Shares

बुटवल । बाल गायिका साँम्या पाण्डेले  “मेरो बाबा” नामक गीत सार्वजनिक गरेकी छिन्। पितृ औसी अर्थात बुबाको मुख हेर्ने दिनको अवसरमा लेजेण्ड फिल्मसकाे युट्युव च्यानलबाट गीत रिलिज गरिएको हो । यो गीत विशेष रूपमा बुबाकाे सम्मानमा समर्पित गरिएको छ।

बाल गायीका पाण्डेको सुरीलाे आवाजमा  रहेकाे यस गीतले भावनात्मक सन्देश ल्याउँछ। यस गीतलाई सुर रक्सले लेखेका हुन् भने एरेन्ज कमल राना र भिडियो छायांकन मि म्याक्सले गरेका छन्। गीतको निर्देशन उनकै बुबा दिपक पाण्डे 'लक्कीले' गरेका छन्।

साँम्या पाण्डे “भ्वाइस अफ किड्स” सिजन २ को ब्याटल राउन्डसम्म पुगेकी थिइन् । उनि यस गीतकाे माध्यमबाट बुबासँगको प्रेम र सम्मानलाई व्यक्त गर्ने प्रयासमा छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।