ताजा अपडेट »

एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

सोमबार, १७ भदौ २०८१, ११ : ०८
18 Shares
सोमबार, १७ भदौ २०८१
18 Shares

पोखरा । गण्डकी प्रदेशमा एमाले सरकारमा जाने तयारीमा रहेको छ । कांग्रेसका सुरेन्द्रराज पाण्डेको नेतृत्वमा रहेको सरकारमा अहिलेसम्म भागबण्डा नमिल्दा एमाले सरकारमा गएको थिएन । तर अब मुख्यमन्त्री पाण्डेले मन्त्रालय फुटाएर ७ बाट ९ बनाएपछि एमाले अब सरकारमा जाने भएको हो ।

एमालेले गण्डकी सरकारमा ४ मन्त्री पठाउने भएको छ । एमालेले नवलपुरकी पद्मा जिसी, बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाश केसी र पर्वतका मित्रलाल बस्याललाई सरकारमा पठाउदै छ । आजै एमालेका मन्त्रीहरुले शपथ लिने तयारी गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।