ताजा अपडेट »

रियल म्याड्रिडको जितमा एम्बाप्पेको दुई गोल

सोमबार, १७ भदौ २०८१, ०७ : ४४
12 Shares
सोमबार, १७ भदौ २०८१
12 Shares

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल बेटिसलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल बेटिसलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा दुवै गोल किलीयन एम्बाप्पेले गरेका हुन् । उनले खेलको ६७औं र ७५औं मिनेटमा गोल गरेका थिए । ला लिगामा एम्बाप्पेको चौथो खेलमा पहिलो पटक गोल गरेका हुन् । रियल म्याड्रिडको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि चार खेलमा रियल म्याड्रिडको ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । 

त्यस्तै रियल बेटिसको भने ३ खेलमा २ अंक रहेको छ ।
    

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।