ताजा अपडेट »

डिएसपी भिमलाल भट्टराई पुरस्कृत

आइतबार, १६ भदौ २०८१, २० : ५९
644 Shares
आइतबार, १६ भदौ २०८१
644 Shares

बुटवल । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङमा दरबन्दी रही जिल्ला प्रहरी कार्यालय डोटीका निमित्त प्रमुख रूपमा काम गरेका  डीएसपी भिमलाल भट्टराई  पुरस्कृत भएका छन्  ।

जिल्लामा घटित विभिन्न जघन्य अपराध  तत्काल परिणाममुखी अनुसन्धान र आरोपितरुलाइ पक्राउ गरेको तथा घटना दुर्घटनाहरूको समयमै उद्धार तथा व्यवस्थापनमा उत्कृष्ट कार्य सम्पादन गरेकोले पुरस्कृत गरिएको  हो ।

भट्टराईले ज्यान सम्बन्धी कसुरहरू र पहिलैदेखि नै रहेका मुद्दाहरू फर्स्यौट गरेका थिए। भट्टराईलाई  कदर स्वरूप नगद राशीसहित सम्मान गरिएको हो । डिएसपी भट्टराईले केही  समय अगाडि इलाका प्रहरी कार्यालय बुटवलमा पनि काम  गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।