ताजा अपडेट »

नेप्सेमा ५६ अंकको गिरावट, १० अर्बको कारोबार

आइतबार, १६ भदौ २०८१, १५ : ०८
38 Shares
आइतबार, १६ भदौ २०८१
38 Shares

काठमाडौं । नेप्सेमा आज गिरावट आएको छ । आइतबार नेप्से ५६.१६ अङ्कले घटेर २६९३.४० विन्दुमा पुगेको छ । आइतबार ३३७ कम्पनिको कूल २ करोड ६० लाख ८४   हजार ८८ कित्ता शेयर १ लाख २९ हजार ७९३ पटक कारोबार हुदा १० अर्ब ४४ करोड ४ लाख ९९ हजार ११२ मा खरिद बिक्री भएका छन् ।

त्यस्तै, आज सुपर माइ हाइड्रोको शेयर मुल्यमा सकारात्मक सर्किट लागेको छ भने पिपुल्स हाइड्रो र माइ खोला हाइड्रोको शेयर मुल्यमा नकारात्मक सर्किट लागेको छ ।

आज गुडविल फाइनान्सको सबै भन्दाबढी ५२ करोड ३१  लाख १० हजार ४९२ को रकम बराबरीको खरिद बिक्रि भएको छ भने आज सानिमा लार्ज क्याप फण्डको सबैभन्दा बढी ८ लाख ४ हजार ८०९ कित्ता शेयर कारोबार भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।