ताजा अपडेट »

रेडियो मुक्तिको तीज गीत प्रतियोगितामा सैनामैना महिला उद्यमी समूह प्रथम

आइतबार, १६ भदौ २०८१, १३ : ०९
28 Shares
आइतबार, १६ भदौ २०८१
28 Shares

बुटवल  । रेडियो मुक्ति बुटवलको आयोजनामा भएको खुल्ला तीज गीत प्रतियोगितामा सैनामैना महिला उद्यमी समूह प्रथम भएको छ । महिला उद्यमशिलता अवसर र चुनौति बिषयक आयोजना गरिएको प्रतियोगितामा रुपन्देहीका बिभिन्न पालिकाका ८ टिमको सहभागिता रहेको थियो ।

८ टिम मध्ये सैनामैना महिला उद्यमी समूह प्रथम भएको हो । प्रथम भएको महिला समूहले नगद १२ हजार प्राप्त गर्न सफल भयो । त्यस्तै रुपन्देही व्यापार संघ महिला उद्यमी समुहले द्वितीय स्थान हासिल गर्दै रु ९ हजार रुपैयाँ र प्रमाणपत्र, तृतीय हुन सफल रुपन्देही उद्योग संघ समूहले रु ७ हजार रुपैयाँ र प्रमाणपत्र हात पारेको छ । प्रोत्साहन पुरस्कार स्वरुप सहभागी सबै समुहलाई  १ हजार रुपैया र प्रमाणपत्र प्रदान गरिएको छ । सबै बिजेता समूहलाई र उपबिजेता समूहलाई रेडियो मुक्तिका अध्यक्ष दिपु पोखरेल र बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रादेवी अर्यालले पुरस्कार र प्रदान गरिन् ।

प्रतियोगितामा गायक तथा सर्जक नारायण खनाल लेकाली, लोकगित समाज शास्त्रमा बिद्यावारिधि गरेकी डाक्टर लक्ष्मी पोखरेल,  गायिका सकुन्तला गैरे निर्णायकमा रहेका थिए । कार्यक्रममा कलाकारहरु नारायण लेकाली, गायिका सकुन्तला गैरे , दुर्गा नेपालले तिजका भाका गाएर मनोरञ्जन प्रदान गरेका थिए । त्यसअघि कार्यक्रमको बुटवल उपमहानगरपालिकाका उप प्रमुख सावित्रादेबि अर्यालले उदघाटन गरिन् ।  

कार्यक्रममा बोल्दै उपप्रमुख अर्यालले महिलाहरु आर्थिक उपार्जनमा लागेमा मात्रै महिला समानता कायम हुन सक्ने बताइन् ।  तीज पर्व सङ्र्घष, परिवर्तन र आध्यात्म सँग जोडिएको बताउदै श्रीमानको खुट्टाको जल खाने जस्ता विभिन्न  कुरितीको अन्त्य गर्नु पर्ने बताइन् । त्यस्तै बहुबिवाह, हिंसा, असमानता जस्ता कुराको परिवर्तन गर्न राजनैतिक आन्दोलन सफल भएको बताउदै अब महिला उद्यमशीलता संग जोडिन आवश्यक रहेको बताइन् ।  रेडियोका अध्यक्ष खेमकुमारी दिपु पोखरेल दिपुले रेडियो मुक्तीले हरेक वर्ष तीज गित प्रतियोगिता आयोजना गर्दै आएको बताइन् । उनले अबका दिनमा महिलाहरु पनि उद्यमशिलतामा जोडिन आवश्यक ठानेर उद्यमी महलिाहरुका अवसर चुनौतिलाई गितको माध्यमबाट प्रस्तुत गरि आम नागरिकलाई शुसुचित गराउन तिजगित प्रतियोगिताको आयोजना गरिएको बताइन्। 

रुपन्देही उद्योग संघका कार्यवाहक अध्यक्ष किष्ण प्रसाद पराजुली राजनीतिक लडाइ लडेर प्राप्त भएको महिला अधिकारलाइ अब कार्यन्वयन गर्ने समय आएको बताए ।  महिला समानताका लागि संचार अभियानद्वारा संचालित रेडियो मुक्ति ९५.५ बुटवल वि.सं २०६५ सालमा महिलाहरुद्वारा संचालनमा आई निरन्तर सञ्चारको माध्यमबाट लैंिगक समानता, महिला सशक्तीकरण लगायतको क्षेत्रमा आवाज बिहिनको आवाज बुलन्द गर्दै आएको छ ।

रेडियो मुक्ति ९५.५ बुटवल हाल १ सय ५२ जना संस्थापक महिला सदस्यद्वारा संचालित रहेको छ । रेडियोका संस्थापक सदस्य, समन्वय सहकार्य गर्ने संघसस्था र पत्रकार शुभेच्छुक गरि करिब ३०० जना सहभागी भएको  कार्यक्रमको संचालन रेडियो मुक्तीका स्टेशन म्यानेजर कल्पना तिवारी र समाचार प्रमुख अस्मिना पाण्डेले गर्नुभएको थियो । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।