ताजा अपडेट »

रुपन्देहीमा सामुहिक करणी आरोपमा वडा अध्यक्षका छोरासहित २ कर्मचारी पक्राउ

आइतबार, १६ भदौ २०८१, ११ : ५९
1.01K Shares
आइतबार, १६ भदौ २०८१
1.01K Shares

बुटवलमा। रुपन्देहीमा जबरजस्ती करणीको आरोपमा कोटहीमाई गाउँपालिकाका दुई कर्मचारी सहित ३ जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ । पीडित पक्षको उजुरीको आधारमा प्रहरीले शनिवार उनीहरुलाई पक्राउ गरेको हो ।

‘हिजो ३ जना विरुद्ध जाहेरी दर्ता भएको थियो । सोही जाहेरीका आधारमा हिजो नै ३ जनालाई पक्राउ गरेका छौँ ।’–ग्लोबल आवाजसँग कुराकानी गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता मनोहर प्रसाद भट्टराई भने । 
घटनाका विषयमा व अनुसन्धानमै रहेको कारण उनले आरोपितको नाम भने खुलाएनन् ।  

पिडित नाबालिक रहेको र उनलाई रोजगारीको प्रलोभन दिएर ३ जनाले जबरजस्ती करणी गरेको पिडित पक्षको आरोप छ । 

श्रोतका अनुसार पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिकामा कार्यरत कर्मचारी ३२ वर्षिय मनोहर चौधरी, उद्यम विकास सहजकर्ता मुकेश चौधरी र वडा नम्बर ३ का वडा अध्यक्ष विष्णु नारायण पाण्डेका छोरा ३५ वर्षिय छोरा बंटी भन्ने शैलेश पाण्डे रहेका छन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।