ताजा अपडेट »

गाजामा पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गरिदै

आइतबार, १६ भदौ २०८१, १० : ५८
20 Shares
आइतबार, १६ भदौ २०८१
20 Shares

काठमाडौं । संयुक्त राष्ट्र संघका एजेन्सी र स्थानीय स्वास्थ्य अधिकारीहरूले गाजा पट्टीका ६ लाख ४० हजार बालबालिकालाई पोलियो खोप खुवाउन ठूलो अभियान सुरु गर्न लागेका छन् । संयुक्त राष्ट्र संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुको यो अभियान आइतबारदेखि सुरु हुँदैछ । यद्यपि, यो अपरेशन इजरायल र हमासबीचको स्थानीय युद्धविराममा पनि निर्भर रहने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

यस अभियानको सफलताका बारेमा विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले गाजाका १० वर्ष मुनिका कम्तीमा ९० प्रतिशत बालबालिकालाई जतिसक्दो चाँडो खोप लगाउनुपर्ने बताएको छ । गाजामा एक बालकमा पोलियोको संक्रमण देखिएपछि पोलियो खोप अभियानमा यो कदम चालिएको हो । गाजामा २५ वर्षमा देखिएको यो पहिलो पोलियो केस हो ।

यो घटना बाहिर आएपछि संयुक्त राष्ट्र संघका विज्ञहरूले गाजाका धेरै बालबालिका पोलियोबाट संक्रमित हुनसक्ने र छिट्टै कदम नचालेमा यो भयावह रूपमा फैलिने बताएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।