ताजा अपडेट »

कोरियाको गोलमा एटलेटिको म्याड्रिड विजयी

आइतबार, १६ भदौ २०८१, १० : ४७
12 Shares
आइतबार, १६ भदौ २०८१
12 Shares

काठमाडौं। स्पेनिस ला लिगा अन्तर्गत एटलेटिको म्याड्रिडले दोस्रो जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा एटलेटिको म्याड्रिडले एथलेटिक क्लबलाई १-० गोल अन्तरले पराजित गरेको हो । एटलेटिको म्याड्रिडको जितमा खेलको एक मात्र गोल ९० मिनेट पछिको इन्जुरी समयमा एन्जेल कोरियाले गरेका थिए ।

यो जितपछि एटलेटिको म्याड्रिडको ४ खेलमा ८ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यसैगरी एथलेटिक क्लबको ४ खेलमा ४ अंक रहेको छ ।       

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।