ताजा अपडेट »

रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीको दोस्रो क्लव एसेम्ली सम्पन्न

शनिबार, १५ भदौ २०८१, १९ : ४०
106 Shares
शनिबार, १५ भदौ २०८१
106 Shares

बुटवल । रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले दोस्रो क्लव एसेम्ली सम्पन्न गरेको छ । क्लवले ६४७ औ नियमित बैठक सँगै दोस्रो क्ल्व एसेम्बली सम्पन्न गरेको हो । 

क्लव एसेम्लीका अवसरमा क्ल्वले रोटरी बर्ष २०२४/२५को प्रारम्भ भए सँगै क्लवले गरेका विभिन्न कार्यक्रमको बोरमा प्रतिवेदन प्रस्तुत गरेका थिए । क्लवका पाचँ स्टेरिङ्ग कमिटी अन्र्तगत क्लव एड्मिनिस्ट्रेसन कमिटीको प्रतिवेदन राजुु चौधरी, क्लव सर्भिस प्रोजेक्टको प्रतिवेदन सरोज पन्थ, पव्लिक इमेजको प्रतिवेदन निराजन पोखेल, रोटरी फाउन्डेसनको प्रतिवेदन लक्ष्मण बि.क, क्लव मेम्मरसिपको प्रतिवेदन शंकर पाण्डेले प्रस्तुत गरे । 

दोस्रो क्लव एसेम्बलीको अवसरमा बोल्दै क्लवका अध्यक्ष देवीराम पाण्डेले आफ्नो नेतृत्वको कार्यकाल सुरु भएँ सँगै क्लवले विभिन्न परियोजना सम्पन्न गरेको बताए। उनले क्लव कार्यकाल प्रारम्भको दुई महिनाको अवधिमा सियारी गाउँपालीकामाा ६०० भन्दा बढी लाभाान्वित हुने गरी स्वास्थ्य शिविर, ८२ युनिट रगत संकलन गर्दै बृहत रक्तदान, रोटरी रोट्रयाक सदस्यको क्षमता अभिबृद्धिका लागी क्लव कट्स तालिम, विभिन्न व्यक्तिहरु सँग विभिन्न बिषयमा अन्तरक्रिय सँगै रोटरीका चार सुत्रिय कसि र  विभिन्न महत्वपुर्ण सुचना दिने बिषयहरुलाई विभिन्न स्थानमा झुन्डाउने कार्यक्रहरु सम्पन्न गरेको बताए ।

सो अवसरमा बोल्दै क्लव एसेम्बली कार्यक्रमका प्रमुख अतिथी एवं क्लवका लागी एसाइन एसिस्टेन्ट गर्भनर सुमन गोपाालााचार्यले रोटरी क्लव अफ तिलोत्तमा रुपन्देहीले आफनो छुट्टै र बिशिष्टकृत पहिचान बोेकेको बताउदै क्लवले सम्पन्न गरेका परियोजनाले क्ल्वको पहिचानलाई पुष्टि गर्ने बताए।

कार्यक्रममा बोल्दै क्ल्वका पुर्व अध्यक्ष एव रोटरी डिष्ट्रिक ३२९२ का सह–सचिव कृष्ण प्रसाद शर्माले रोटरीको विद्यानुसार एक कार्यकालमा विभिन्न पटक गरेर ६ पटक क्लव एसेम्बली गुर्न पर्ने बताए। उनले क्लव एसेम्बलीले क्लवलाई पुर्नउर्जा प्रदान गर्ने बताए। 

कार्यक्रममा क्ल्वका सस्थापक अध्यक्ष डोलराज गैरे, पुर्व अध्यक्ष नविन श्रेष्ठ, गोपाल ज्ञवाली, निर्वतमान अध्यक्ष निरज श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो । कार्यक्रमको संचालन सचिव अर्जुन प्रसाद आचार्यले गरेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।