ताजा अपडेट »

ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा सुपर प्यारेन्ट्स तीज डान्स कम्पिटिसन सम्पन्न

शनिबार, १५ भदौ २०८१, १९ : ३५
472 Shares
शनिबार, १५ भदौ २०८१
472 Shares

बुटवल । ब्रिटिस एजुकेसन ग्रुपको व्यवस्थापनमा सञ्चालित  ब्रिटिस ग्रामर स्कुल रुपन्देहीमा (नमस्ते एकडेमीमा)  हरितालिका तीज पर्वको पावन अवसरमा  शनिबार  विविध तीज साँस्कृतिक कार्यक्रम सहित सुपर प्यारेन्टस तीज डान्स कम्पिटिसन भएको छ।

विद्यार्थीमा तीज नृत्य , गायन र यसको साँस्कृतिक  महत्व बुझाउने र विद्यार्थी  र अभिभावकका बिचमा सुमधुर  सम्बन्ध स्थापित गर्ने उद्देश्यका  साथ यो कार्यक्रम  गर्न लागिएको ब्रिटिस एजुकेसन ग्रुपका स्कुल हेड अरुण  कँडेलले जानकारी दिए। 'तीज पर्व नेपाली नारीहरुको महत्त्वपूर्ण  पर्व हो। यसले दाजुभाइ र दिदीबहिनीका बिचमा , महिला र पुरुषका  बिचमा तथा आफन्त हरुका बिचमा भातृत्व , एकता र सौहार्दपूण वातावरण  सृजना गर्न कोशे ढुङ्गाको काम गर्दछ।'- उनले भने ।

यस्तै हराउँदै  गएका मौलिक भेषभुषा , संस्कृति  र पहिचानको जगेर्ना  गर्न विशेष  भूमिका निर्वाह गर्ने भएकाले यो कार्यक्रम  विशेष  हुने  विद्यालयका प्राचार्य दिलबहादुर  बुढाथोकीले जानकारी दिए । 'साहित्य र संस्कृति  समाजका ऐना हुन । बालबालिका  यसका बिम्ब हुन ।यसले विद्यार्थीलाई सृजनशील बनाउँछ । जीवन  बुझाइ सफलताको  बाटो पहिल्याउछ । यसै कुरालाई मनन गरी यो कार्यक्रम आयोजना गरिएको हो ।'- बुढाथोकीले भने । 

तीज महोत्सवको पहिलो सत्रमा ब्रिटिस ग्रामर स्कुलका प्रिरिप्राइमेरी देखि कक्षा बार सम्मका विद्यार्थीले तीज गीत , नृत्य  र भेषभुषा , कला संस्कृति  प्रस्तुत गरेका थिए भने दोस्रो  सत्रमा शिक्षक , अभिभावकले आफ्ना सन्ततीसहित नृत्य तथा संस्कृति  प्रस्तुत  गरेको कार्यक्रम  संयोजक रोमा शर्माले बताइन । 

सुपर प्यारेन्टस डान्स कम्पिटिसनमा प्रिप्राइमेरीदेखि कक्षा १० सम्मका ५० भन्दा बढी प्यारेन्टस सहभागीताका रहेको विद्यालयका संस्थापक प्राचार्य राजेन्द्र कुँवरले बताए ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।