ताजा अपडेट »

बल्कोट अर्घाखाँची रुपन्देही सम्पर्क समाजद्वारा तीज मिलन कार्यक्रम

शनिबार, १५ भदौ २०८१, १८ : १२
410 Shares
शनिबार, १५ भदौ २०८१
410 Shares

बुटवल । बल्कोट (अर्घाखाँची)-रुपन्देही सम्पर्क समाजले तीज मिलन कार्यक्रम गरेको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यको प्रमुख आथित्यतामा शनिवार तीज मिलन तथा दरखाने कार्यक्रम सम्पन्न भएको हो।

सो अवसरमा बोल्दै मुख्यमन्त्री आचार्यले आफ्नो जन्म गाउँलाई नविर्सन आग्रह गरे।  उनले हिन्दु नेपालली महिलाहरुको महान पर्व तीजलाई तडकभडक गरी भन्दा पनि सामान्य रुपमा मनाउन आग्रह गरे । उनले आफू अर्घाखाँचीको समग्र विकासको लागि निरन्तर पहल गरिरहेको बताउँदै यसलाई पूरा गर्नका लागि सबैको साथ र सहयोगको आवश्यक पर्ने बताए ।

यस्तै सम्पर्क समाजका अध्यक्ष मोहन भट्टराईले विभिन्न पेशा व्यवसायको क्रममा विभिन्न क्षेत्रमा रहेता पनि जन्म गाउँको सम्झना सधै आउने बताए । सधै भरी सबै भेटघाट हुने वातावरण नहुने बताउँदै तीजको अवसर पारेर सबैसँग भेट हुने र आफ्ना दुख सुख साटासाट गर्न र आत्मीयता बढाउने उद्देश्यले तीज मिलन तथा दरखाने कार्यक्रमको आयोजना गरिएको बताए ।

साथै आफुहरुले जन्मभुमि प्रतिको आफ्नो उत्तरदायित्व कहिल्यै नभुल्ने बताए ।
कार्यक्रममा लोक दोहोरी प्रतिष्ठा लुम्बिनीका अध्यक्ष दिपु मगर र गायिका कल्पना कुशुमले सांगीतिक प्रस्तुति मार्फत प्रस्तुति मार्फत उपस्थित सम्पूर्ण दिदिबहिनीहरुलाई छमछमी नचाएका थिए ।

कार्यक्रममा ७० वर्ष भन्दा माथिका जेष्ठ नागरिकलाई सम्मान  गरिएको थियो । कार्यक्रमको संयोजन कोषाध्यक्ष हरिप्रसाद न्यौपानेले गरेका थिए ।

अर्घाखाँचीको साविकको बल्कोट गाविसमा स्थायी ठेगाना भई रुपन्देहीमा विभिन्न पेसा, व्यवसाय गरिरहेका व्यक्तिहरुको साझा हित तथा समस्याहरुलाई सामुहिक तवरबाट समाधान गर्ने उद्देश्यले वि.स. २०७२ सालमा स्थापित भएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।