ताजा अपडेट »

द्धन्द्ध रुपान्तरणका लागि जनप्रतिनिधिहरुमा संबाद सिप आवश्यक

शनिबार, १५ भदौ २०८१, १६ : ४५
28 Shares
शनिबार, १५ भदौ २०८१
28 Shares

बुटवल । रुपन्देहीमा सञ्चालित द्धन्द्ध रुपान्तरणका लागि संबाद सम्बन्धि २ दिने तालिम शनिवार सम्पन्न भएको छ । सामाजिक परिवर्तन केन्द्र काठमाण्डौको आयोजनामा भएको तालिममा बुटवल उपमहानगरपालिका र शुद्धोधन गाउँपालिकाका जनप्रतिनिधि, अधिकारकर्मी, टोल विकास संस्था तथा युवा नेतृत्वहरु गरी २५ जनाको सहभागिता रहेको सामाजिक परिवर्तन केन्द्रका कार्यक्रम संयोजक कल्पना राना मगरले जानकारी दिए।

तालिममा सामाजिक परिबर्तन केन्द्रका कार्यकारी निर्देशक डाक्टर प्रकास भटराईले द्धन्द्धका कारण र चरण , बुझाई , समाधानका अभ्यास , संबाद , बार्तालाप सहजिकरण तथा मध्यस्थता लगाएतका बिषयमा सहजिकरण गर्नुभएको थियो । कार्यकारी निर्देशक डाक्टर भटराईले समाजमा देखिएका बिकास , प्राकृतिक , सामाजिक तथा सास्कृतिक द्धन्द्धहरुलाई न्यूनिकरण गर्न जनप्रतिनिधिहरुको क्षमता अभिबृद्धि आवश्यक देखिएकाले तालिम आयोजना गरिएको बताए।

तालिममा सहभागिहरुलाई प्रमाणपत्र बितरण गर्दै शुद्धोधन गाउँपालिकाका अध्यक्ष बिष्णुप्रसाद बश्यालले समाजमा शान्ती स्थापना गर्नका लागि समूदाय र सामाजिक संस्थाहरुको भूमिका महत्वपूर्ण रहने बताए । उनले समाजमा बिभिन्न खालका द्धन्द्ध रहेको र त्यसको समाधान गर्दै समाजमा शान्तीस्थापना गर्नका लागि  पालिकाले समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

तालिममा सहभागि बुटवल ११ का वडाध्यक्ष रामचन्द्र क्षेत्री , शुद्धोधन ६ का वडाध्यक्ष उपेन्द्र साहनी , सामूदायिक बन उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष सुमित्रा आचार्यले बोल्दै तालिम फलदायी भएको र स्थानीय बिवाद मिलाउनका लागि सिप प्राप्त भएको बताइन।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।