ताजा अपडेट »

एनएमबि बैंक मणिग्रामद्वारा शान्ति स्कुललाइ ५ सय कुर्चि र ७० योगाम्याट प्रदान

शुक्रबार, १४ भदौ २०८१, २० : ३६
168 Shares
शुक्रबार, १४ भदौ २०८१
168 Shares

अर्जुनदृष्टि/ बुटवल । एनएमबि बैंक मणिग्राम शाखाले श्री शान्ति नमुना माध्यमिक विद्यालय  मणिग्रामलाइ ५०० ओटा प्लास्टिक कुर्चि र ७० ओटा योगाम्याट सहयोग प्रदान गरेकोछ ।
एक बिशेष समारोहका विच एनएमबि बैंकका लुम्बिनी प्रदेश क्षेत्र एकका बरिस्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिना, शाखा प्रबन्धक केशव खनाल, बिडिम मधु तिवारी, राजु अधिकारीले विद्यालयका प्राचार्य कुलप्रसाद लामिछाने, सहप्राचार्य लोकनाथ कंडेललाइ सो सहयोग हस्तान्तरण गरे ।

कार्यक्रममा एनएमबि बैंक लुम्बिनी प्रदेश क्षेत्र एकका बरिस्ठ क्षेत्रीय प्रबन्धक मेघराज तिम्सिनाले सस्थागत सामाजिक उत्तरदायित्व  अन्तरगत नेपाल कै उत्कृष्ट विद्यालय शान्ति नमुना माध्यमिक विद्यालयमा सहयोग गर्ने अवसर प्राप्त भएकोमा खुसी व्यक्त गर्दै  आगामी दिनमा  पनि निरन्तर सहकार्य गरेर अगाडि  बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्राचार्य कुलप्रसाद लामिछानेले नेपालको उत्कृष्ट बैंक  एनएमबि बैंकले करिब  ६ हजार ३ सय विद्यार्थी र २ सय ३२ शिक्षककर्मचारी रहेको आफ्नो स्कुललाइ छनौट गरि सहयोग गरेकोमा धन्यवाद व्यक्त गर्दै  यसबाट सबै लाभान्वित हुने विस्वास व्यक्त गरे ।

शाखा प्रबन्धक केशव खनालले मणिग्राम क्षेत्रका आमजनतालाइ उत्कृष्ट, सरल र छिटोछरितो  बैंकिङ्ग सेवा सगै सस्थागत  सामाजिक उत्तरदायित्व  कार्यक्रमहरु श्री शान्ति नमुना विद्यालयमा  बिगत देखि नै गर्दै आएको र  अब उपरान्त पनि गरिने जानकारी दिए ।

विद्यालय शिक्षिका रजनी केसीले स्वागत गरेको कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकको उपस्थिति रहेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।