ताजा अपडेट »

न्यु लाइट माविमा ‘बुक रिडिङ सेमिनार’

शुक्रबार, १४ भदौ २०८१, १७ : ०३
326 Shares
शुक्रबार, १४ भदौ २०८१
326 Shares

तिलोत्तमा । १७ औं पुस्तकालय दिवसको अवसरमा न्यु लाइट मावि, सार्वजनिक शैक्षिक गुठीमा ‘बुक रिडिङ सेमिनार’ सम्पन्न भएको छ । न्यु लाइट साहित्य क्लबको आयोजनामा सेमिनारको पहिलो अंक उद्घाटन गरिएको हो । सेमिनारमा विभिन्न कक्षाका ९ जना विद्यार्थीहरुले आफूले अध्ययन गरेको पुस्तकको समीक्षा प्रस्तुत गरेका थिए । 

बुक रिडिङ सेमिनारमा मन्तव्य राख्दै प्रमुख अतिथि तिलोत्तमा नगरपालिका वडा नं. १ का वडाध्यक्ष फर्सुराम गिरिले पुस्तक पठन संस्कृतिलाई जोड दिएर विद्यालयले विद्यार्थीलाई मोबाइलको कुलतबाट छुटाउन जोड दिएको बताए । विद्यार्थीहरुलाई आगामी दिनमा नेपालको बारेमा थप अध्ययन गर्न जोड दिंदै गिरिले विज्ञहरुले जीवन समर्पण गरेर लेखेको पुस्तक पढ्न जरुरी भएको बताए । त्यस्तै विद्यालयका प्राचार्य रमेश ज्ञवालीले पठन संस्कृतिको विकास गर्ने उद्देश्यले क्लबले सेमिनारको आयोजना गरेको चर्चा गर्दै पुस्तक पठनले जीवन दृष्टिकोण नै परिवर्तन गर्ने बताए । उनले विद्यार्थीहरुलाई सामाजिक विभेद र अन्याय विरोधी किताबहरु पढ्न उत्साहित गर्दै अफ्रो अमेरिकन लेखकहरुका किताबहरु पनि समेट्न जोड दिए । 

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खडग बहादुर गौतम, व्यवस्थापन समिति सदस्य कर्णबहादुर क्षेत्री, सहप्राचार्य शंकरलाल हाडा, कोअर्डिनेटर गोकुल पाण्डे, कुलबहादुर थापा लगायतको उपस्थिति थियो । कार्यक्रम क्लबका सदस्य सुुविद सुवेदीले सञ्चालन गरेका थिए भने सभाध्यक्ष क्लबका संयोजक शिक्षक टंकप्रसाद पोखरेलले गरेका थिए । कार्यक््रmममा वक्ताहरुको समीक्षा अतिरिक्त क्रियाकलाप  प्रमुख रामचन्द्र श्रेष्ठले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।