ताजा अपडेट »

नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

शुक्रबार, १४ भदौ २०८१, १६ : ५४
416 Shares
शुक्रबार, १४ भदौ २०८१
416 Shares

बुटवल ।  सिद्धार्थ माध्यमिक विद्यालय कक्षा ११ मा शैक्षिकसत्र २०८१र८२ का लागि विज्ञान , व्यवस्थापन समुहमा भर्ना भएका विद्यार्थीहरुका लागि एक कार्यक्रमका बीचमा स्वागत तथा सम्मान गरिएको छ । 

कार्यक्रममा डाक्टर उमेश न्यौपानेले  मनतव्य राख्दै सिद्धार्थ मावि विज्ञान तथा व्यवस्थापन समुहको अध्ययनका लागि उत्कृष्ट गन्तव्य भएकोले अभिभावकको पहिलो नजरमा परेकोले  र अनुशासन र गुणस्तरीयताका लागि  प्रदेशमा नै नमुना शिक्षालय बनिरहेकोमा खुसि व्यक्त गरेका थिए । 

कार्यक्रमका विशिष्ट अतिथि प्राचार्य यम बहादुर रानाले शुभकामना मनतव्य राख्दै जीवनमा सफलता प्राप्तिका लागि निरन्तरको मिहिनेत र जवाफदेहिता अनिवार्य रहेको बताए । कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक रामलाल श्रेष्ठले विद्यार्थीलाई   जीवनमा हतास र निरास नभई सिङ्गो समाजको रुपान्तरण गर्नेगरि आफ्नो अध्ययनलाई अगाडि बढाउन आग्रह गरे । कार्यक्रममा चिकित्सा शिक्षा विज्ञान आयोगबाट यस वर्ष लिएको सिइइ परीक्षामा चिकित्सा शास्त्र तर्फ पुर्ण छात्रवृत्तिको ६८ ओैं नम्बरमा नाम निकाल्न सफल विद्यार्थी आकाश बर्मा र उनका  अभिभावकलाई सम्मान गरिएको थियो ।

कक्षा १२ का विद्यार्थी मार्टिना थापा ,दावासाम्य घले , प्रकाश पाण्डे , प्रितम गजतराज र निसा केबटले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता कक्षा १२ का विद्यार्थी माधवी पाण्डेको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।