ताजा अपडेट »

ज्ञानपुञ्जमा खाना महोत्सव

शुक्रबार, ०२ फागुन २०७६, १६ : २८
12 Shares
शुक्रबार, ०२ फागुन २०७६
12 Shares

फागुन २,

ग्लोबल आवाज

बुटवल । वुटवल ११ नहरपुर स्थित ज्ञानपुञ्ज सेकेण्डरी इङलीश वोर्डिङ स्कूुलमा कक्षा ६, ७ र ८ मा अध्ययनरत विद्यार्थीहरुको आयोजनामा ज्ञानपुञ्ज खाना महोत्सव सम्पन्न भएको छ । ६, ७ र ८ कक्षाका विद्यार्थीहरुको पाठ्यक्रममा रहेको पेशा व्यवसाय अन्तर्गत प्रयोगात्मक शिक्षण सिकाईका रुपमा हरेक वर्ष मनाइने उक्त महोत्सवको सुरु गर्दै विद्यालयका संस्थापक प्राचार्य तोयाराम पौडेलले जीवनमा सबैभन्दा बढी आवश्यक र प्रयोगमा आउने पाककलामा ज्ञानपुञ्जका विद्यार्थीहरु अब्बल रहेको कुरा उनीहरुद्वारा बनाइएका स्वादिष्ट एंव पोषिला खाद्य सामाग्रीबाट पुष्टि भएको बताए ।

करिब दुई सयभन्दा बढी अभिभावकहरुको समेत प्रत्यक्ष सहभागिता रहेको उक्त कार्यक्रममा अभिभावकका तर्फबाट बोल्दै बालकृष्ण भट्टराइले ज्ञानपुञ्जमा ज्ञानको गुणस्तर, अतिरिक्त क्रियकलापको मात्र चर्चा हुने र अभिभावकको पहिलो रोजाइमा परेको यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको यो उत्कृष्ट पाकशिक्षाले आफुलाई पूर्ण स्वाद र सन्तुष्टि प्रदान गरेको बताए । ६, ७ र ८ का करिब तीन सय २५ विद्यार्थी प्रत्यक्ष सहभागी रहेको सो कार्यक्रमको संयोजन विषय शिक्षक कृष्णमणि शर्मा न्यौपानेले गरेका थिए । कार्यक्रममा अतिरिक्त क्रियाकलाप प्रमुख हरि भट्राई, कोर्डिनेटर सुर्य पाण्डे, सहप्राचार्य हिमलाल न्यौपानेले मन्तव्य राख्दै विद्यार्थीमा रहेको यो पाककला एउटा प्रशिक्षित कुक म्यानेजरको भन्दा कम नभएको बताए । कार्यक्रममा खीर, सेल रोटी, चुकाउनी, चिया, कफी, मःमः, चटपटे, फुल्की चाट, आलुको अचार, आलु समोसा लगायत एघारवटा भन्दा बढी नेपाली खानाका परिकार समावेश थिए ।

उक्त स्टलबाट सबैभन्दा धेरै सेल गर्ने खिर स्टललाई प्रोत्साहन स्वरुप विद्यालयका तर्फवाट पुरस्कार प्रदान गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।