ताजा अपडेट »

एप्पलको ‘इट्स ग्लोटाइम’ इभेन्ट सेप्टेम्बर ९ मा, नयाँ आइफोन लन्च गर्दै

शुक्रबार, १४ भदौ २०८१, १२ : १२
18 Shares
शुक्रबार, १४ भदौ २०८१
18 Shares

काठमाडौं । आईफोन निर्माता एप्पलको लागि वर्षको सबैभन्दा ठूलो लन्च कार्यक्रम सेप्टेम्बर ९ मा आयोजना हुनेछ । कम्पनीले यसका लागि आधिकारिक निमन्त्रणा पठाउन थालेको छ, जसको ट्यागलाइन ‘इट्स ग्लोटाइम’ रहेको छ ।एप्पलले यस इभेन्टमा आईफोन १६ सिरिजका चार मोडलहरू प्रस्तुत गर्ने तयारी गरेको छ । आइफोन १६, आइफोन १६ प्लस, आइफोन १६ प्रो र आइफोन १६ प्रो म्याक्स । तर, कम्पनीले उक्त कार्यक्रममा लन्च हुने उत्पादनका बारेमा जानकारी दिएको छैन ।

नेपाली समय अनुसार सेप्टेम्बर ९ सोमबार राति १०: ४५ बजेदेखि कार्यक्रम सुरु हुनेछ । कम्पनीले २०२० बाट प्रि-रेकर्ड गरिएको भिडियो स्ट्रिम गर्दछ, जसमा यसले आईफोन र अन्य उत्पादनहरूको नयाँ श्रृंखला लन्च गर्दछ । अहिलेसम्म लीक भएका सूचना अनुसार, एप्पलले आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको डिस्प्ले साइज परिवर्तन गर्न सक्छ । आईफोन १६ प्रो म्याक्समा ६.९ इन्चको डिस्प्ले हुने बताइएको छ । त्यस्तै आईफोन १६ प्रोमा ६.३ इन्चको डिस्प्ले हुने उल्लेख गरिएको छ ।

एप्पलले गत वर्ष ‘वान्डरलस्ट’ कार्यक्रममा आईफोन १५ सिरिज, एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गरेको थियो । कम्पनीले पहिलो पटक चार्जिङका लागि टाइप–सी पोर्ट उपलब्ध गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।