ताजा अपडेट »

४ क्लबको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम

शुक्रबार, १४ भदौ २०८१, ११ : २६
150 Shares
शुक्रबार, १४ भदौ २०८१
150 Shares

बुटवल । सामाजिक क्षेत्रमा क्रियाशिल ४ क्लबको संयुक्त आयोजनामा लागुऔषध दुर्व्यसन सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ बुटवल सिटी, ल्यान्स क्लब अफ बुटवल बुद्धभुमी, लायन्स क्लब अफ बुटवल मणिमुकुन्द्र र ल्यान्स क्लब अफ बुटवल ग्रेसको संयुक्त आयोजनामा शुक्रबार बुटवलको मोतिपुर माध्यमिक विद्यालयमा लागु औषध सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको हो । 

सचेतना कार्यक्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो अवसरमा बोल्दै डिस्ट्रीक ३२५ पि नेपाल २०२४/२५ का गर्भनर एमजेएफ पुरुषोत्तमभक्त प्रधानाङ्गले बालबालिकाहरुलाई घर परिवारसँगै विद्यालय पनि निगरानी गर्नु पर्ने बताए । साथै उनले पछिल्लो समय विद्यालय उमेर समूहका किशोरकिशोरीहरु लागुऔषध दुव्र्यसनमा फसेको बताउँदै उनीहरुलाई विद्यालय र घरपरिवारले निगरानी गरे त्यसबाट छुटाउन सकिने बताए । 

सतेचना कार्यक्रममा इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक कपिल केसीले लागु औषध दुर्व्यसनले व्यक्ति राष्ट्र परिवार, समाज र राष्ट्रलाई  पर्ने असर र क्षतिका बारेमा प्रशिक्षण दिएका थिए । उनले लागु औषधमा व्याक्तिको व्यवहारमा देखिने परिवर्तन र सुधार्न सकिने अवस्था बारे सचेत हुन अभिभावकलाई आग्रह गर्दै लागु औषध सम्बन्धि कानुन बारे विद्यार्थीलाई सचेत गराएका थिए । साथै प्रहरीले लागुऔषध दुव्र्यसनी विरुद्ध सचेतना अभियान पनि संचालन गरिरहेको प्रहरी निरीक्षक केसीले बताए । 

8cd299cf-6deb-4ed1-85e0-c6928f410216

यस्तै लायन्स क्लब अफ बुटवल ग्रेसका अध्यक्ष नारायणप्रसाद पन्थीले विद्यार्थीहरुलाई सचेत गराउनका लागि र लागु औषधमा नफसुन भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको बताए ।  कार्यक्रममा फस्ट भिडिजि पिएमजेएफ बालाराम भट्टराई, सेकेन्ड भिडिजि एमजेएफ सन्दिप कशौधन, मनोरोग विशेषज्ञ डा. असिम रेग्मी लगायतले बालबालिकाको निगरानी गरेको अवस्थामा आगु औषध दुर्व्यसनीमा फसनबाट जोगाउन सकिने बताएका थिए । 

विद्यालयका प्रध्यानाध्यपाक लक्ष्मण मरासीनिले क्लबलाई धन्यवाद दिँदै विद्यालयको एक्लो प्रयासबाट मात्रै लागु औषध दुव्र्यसनीबाट जोगाउन नसकिने भएकाले यसमा सबैको सहयोग आवश्यक पर्ने बताए । क्लबको स्थापनासँगै विभिन्न सामाजिक कार्यक्रममा क्रियाशिल रहँदै आएको र आगमी दिनमा पनि यसलाई अझ प्रभावकारी रुपमा निरन्तरता दिने ल्यान्स क्लब अफ बुटवल बुद्धभूमिका अध्यक्ष मोहन भट्टराईले बताए । 

कार्यक्रम ल्यान्स क्लब बुटवल ग्रेसका अध्यक्ष नारायणप्रसाद पन्थीको अध्यक्षता र ल्यान्स क्लब अफ बुटवल सिटीका कोषाध्यक्ष भुवन भुसालको संचालन र ल्यान्स क्लब अफ बुटवल सिटीका अध्यक्ष जीवन अधिकारीको संयोजनमा कार्यक्रममा सम्पन्न भएको थियो ।
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।