ताजा अपडेट »

टी-२० विश्वकपमा सहभागी खेलाडीले क्यानबाट जनही ३ लाख नगद पाउने

विहीबार, १३ भदौ २०८१, १९ : ५०
74 Shares
विहीबार, १३ भदौ २०८१
74 Shares

बुटवल । टी-२० विश्वकप क्रिकेट खेलेका खेलाडी र प्रशिक्षकले जनही ३ लाख रुपैयाँ पाउने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२४ को टी–२० विश्वकपमा सहभागी खेलाडी, प्रशिक्षक र अन्य सपोर्ट स्टाफलाई समेत रकम प्रदान गर्ने निर्णय गरेको हो ।

क्यानको आज विहिबार बसेको केन्द्रीय कार्यसमितीको बैठकले अन्य सपोर्ट स्टाफलाई जनही १ लाख ५० हजारका दरले प्रोत्साहन भत्ता दिने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जानकारी दिए । ७ वटै प्रदेश क्रिकेट संघलाई २ जना महिला र ३ जना पुरुष खेलाडीहरुलाई सेप्टेम्बर १ देखि लागू हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय बैठकले गरेको छ । यसैगरी क्यानले वाई–वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यहि सेप्टेम्बर÷ अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको छ ।

संघको वार्षिक कार्यक्रमअनुसार संचालन गरिने एलिट कप क्रिकेट प्रतियोगिता अक्टोवर अन्तिम सातादेखि मधेश प्रदेशको जनकपुर र विरगंजमा आयोजना गर्ने निर्णय भएको प्रवक्ता लामाले बताए । आइसीसी यु–१९ महिला विश्वकप एशिया क्वालिफायरको तयारी स्वरुप सेप्टेम्बर १५ बाट दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण संचालनसमेत हुने क्यानले जनाएको छ ।

CAN-1

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।