ताजा अपडेट »

पाल्पामा सि.जी. कम्पनी भित्र कोइला पिस्ने मेसिनमा परी एक मजदुरको मृत्यु

विहीबार, १३ भदौ २०८१, १९ : ३७
4.14K Shares
विहीबार, १३ भदौ २०८१
4.14K Shares

बुटवल । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–२ स्थित सि.जी. कम्पनी भित्र कोइला पिस्ने मसिनमा परी एक मजदुरले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार धादिङका त्रिपुरा सुन्दरी गाउँपालिका बस्ने ४६ वर्षीय दिनेश शर्माको मृत्यु भएको हो ।

गएको मँगलबार घटना भएको भएपनि आज विहिबार मात्रै मृतकका आफन्त आएपछि शव पोष्टमार्टम गरिएको थियो । कम्पनीभित्र रहेको कोइला पिस्ने मेशिन बन्द गरी त्यसभित्र रहेको कोइला सफा गर्ने क्रममा मेशिन अचानक चल्न जाँदा मजदुरको मृत्यु भएको प्रहरीले जनाएको छ । घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।