ताजा अपडेट »

भारतको राज्यसभामा बहुमतमा आयो एनडीए गठबन्धन

विहीबार, १३ भदौ २०८१, १३ : ०१
20 Shares
विहीबार, १३ भदौ २०८१
20 Shares

काठमाडौं । भारतको राज्यसभाका लागि भर्खरै भएको निर्वाचनपछि, भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) ले १२ नयाँ सदस्यहरूसँग राज्यसभामा बहुमत प्राप्त गरेको छ । माथिल्लो सदनमा सबैभन्दा ठूलो दल भाजपाको ९६ सांसद छन् भने  सहयोगी, छ मनोनीत सदस्य र दुई स्वतन्त्र सदस्यहरू सहित, एनडीएसँग अब ११९ सदस्यहरूसहित बहुमतमा आएको छ ।

हाल राज्यसभामा कुल २३७ सांसद छन् । यसरी बहुमतको संख्या ११९ हो । यी तथ्याङ्कहरू अप्रिल २०२६ सम्म रहनेछन्, जब १० राज्यहरूमा ३१ सीटहरूमा चुनाव हुनेछ । नरेन्द्र मोदी सरकारको पछिल्लो १० वर्षमा माथिल्लो सदनमा स्पष्ट बहुमत नहुँदा पनि कुनै विधेयक रोकिएको छैन । वाईएसआर कांग्रेस पार्टी र बिजु जनता दल, जो सधैं सत्ताधारी र विपक्षी गुटहरूबाट अलग रहन्छन्, प्रायः सरकारी बिलहरूको समर्थन गर्दै आएका छन् । 

तर, २०२४ को आमनिर्वाचनपछि दुवै दल प्रतिपक्षको नजिक पुगेका छन् । अर्कोतर्फ कांग्रेस कम सदस्यका कारण विपक्षी दलको नेताको हैसियत गुमाउने नजिक पुगेको छ । हाल कांग्रेसका २६ सदस्य छन् । पूर्ण शक्ति सदनमा प्रतिपक्षी दलको नेताको पद पाउन पार्टीसँग कम्तिमा २५ सांसद हुनुपर्नेछ ।

राज्यसभाको अर्को चुनाव नोभेम्बरमा हुनेछ, जब उत्तर प्रदेश र उत्तराखण्डका ११ जना सदस्य अवकाश लिनेछन् । जसमध्ये १० जना भाजपाका र १ जना समाजवादी पार्टीका हुनेछन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।