ताजा अपडेट »

नेकपा एसको उपाध्यक्षमा पराजित खतिवडालाई पोलिटव्यूरोमा लोकप्रिय मत

विहीबार, १३ भदौ २०८१, ०८ : १७
126 Shares
विहीबार, १३ भदौ २०८१
126 Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीको पोलिटब्युरो कमिटी चयन गरेको छ । नेकपा एसले केन्द्रीय कमिटीको पूर्ण बैठकमा निर्वाचन गरेर ८४ सदस्यीय पोलिटब्युरो चयन गरेको हो ।

खुल्ला उपाध्यक्ष पदमा पराजित भए पनि पोलिटब्युरो सदस्यमा विरोध खतिवडाले लोकप्रिय मत पाएका छन् । उनले २०१ मत पाए । दोस्रो लोकप्रिय मत जीवनराम श्रेष्ठले पाए । उनले १९५ मत पाउँदा तेस्रो स्थानमा रहेकी रमा आले मगरले १९४ मत पाएकी छन् ।

खतिवडासहित दाधिकारीमा हारेका केही नेता पोलिटब्युरो सदस्यमा विजयी भएका छन्। महिला उपाध्यक्ष पराजित रामकुमारी झाँक्री, मधेसी उपाध्यक्षमा पराजित रामचन्द्र झा लगायतका नेता पोलिटव्युरो सदस्यमा विजयी भएका हुन्।

एकीकृत समाजवादीले निर्वाचनबाट १८ पदाधिकारी र १०५ सदस्यीय पोलिटब्युरो सदस्य चयन गरेको छ। पार्टीका १८ पदाधिकारी र १०५ पोलिटब्युरो सदस्य छनोटका लागि मंगलबार राति मतदान भएको थियो। 

गत असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरे पनि बाँकी पदाधिकारी छनोट गर्न सकेको थिएन।

एकीकृत समाजवादीमा पदाधिकारी संख्या २१ र केन्द्रीय समिति सदस्य संख्या २९९ सदस्यीय रहने व्यवस्था छ।  एकीकृत समाजवादीको खुल्ला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, जग्गनाथ खतिवडा, भानुभक्त जोशी र प्रकाश ज्वाला विजयी भएका छन्। 

मधेसी उपाध्यक्षमा धर्मनाथ प्रसाद शाह विजयी भएका छन् भने महिला उपाध्यक्षमा जयन्ती राई विजयी भएकी छन्। उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, गरिमा शाह र राजेन्द्र राई विजयी भएका छन्।

त्यसैगरी सचिवमा गणेश विक, बलदेव चौधरी, श्रीनाथ बराल, सावित्रा भुसाल, शेरबहादुर कुँवर, सोमप्रसाद पाण्डे र चन्द्रबहादुर शाही विजयी भएका छन्। वरिष्ठ उपाध्यक्षमा नेता राजेन्द्रप्रसाद पाण्डे यसअघि नै निर्विरोध भएका थिए। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।