ताजा अपडेट »

पाल्पा पालुङ्ग मैनादी-रुपन्देही सम्पर्क समाजको अध्यक्षमा पदमनाथ नेपाल

मंगलबार, ११ भदौ २०८१, २० : ०३
94 Shares
मंगलबार, ११ भदौ २०८१
94 Shares

बुटवल। पाल्पा पालुङ मैनादी–रुपन्देही सम्पर्क समाजको प्रथम साधारणसभा तथा अधिवेशन मंगलबार बुटवलमा सम्पन्न भएको छ ।

पश्चिम पाल्पाको पालुङ्ग मैनादीदेखि रुपन्देहीको बुटवलमा आएर स्थायी तथा अस्थायी रुपमा रहेर  विभिन्न पेशा तथा व्यवसायमा संलग्न महानुभावहरुलाई गोलबद्ध गर्दै आपसी मेलमिलाप, सद्भाव र भाइचाराको सम्बन्ध स्थापित गराउँदै सामाजिक तथा व्यवसायमा थप प्रबद्र्धन गर्न टेवा पुगोस् भन्ने हेतुले  समाजको स्थापना भएको हो  ।

प्रथम अधिवेशनबाट पदमनाथ नेपाल (सन्तोष) को अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन भएको छ । जसको वरिष्ठ उपाध्यक्षमा मिन प्रसाद नेपाल (बिमल), उपाध्यक्षमा गोपाल कुँवर, सचिवमा शंकर बि.के., कोषाध्यक्षमा कमल आचार्य, सह–सचिवमा बसन्त कुँवर सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । त्यस्तैगरी समाजको कार्यसमिति सदस्यहरुमा सिताराम रणपाल, सन्तोष कुँवर, सुन्दर कुँवर, मनोहर कुँवर र राम प्रसाद गैरे चयन भएका छन् ।

समाजका सल्लाहकार तथा निर्वाचन मण्डलका संयोजक कृष्ण बहादुर कुँवर र सदस्यद्व्य गोविन्द बहादुर कुँवर र कमल नेपालले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराएका थिए । सो अवसरमा जेष्ठ तथा अग्रज व्यक्तित्व विभूषण कुँवरलाई सम्मान गरिएको थियो ।

साथै उक्त भेलाले महिला दिदीबहिनीहरुको महान पर्व हरितालिका तीज– २०८१ को अवसरमा निःशुल्क प्रवेशसहित यही भदौ १५ गते तिज मिलन तथा दरखाने कार्यक्रम गर्ने निर्णय समेत गरेको छ । कार्यक्रम समाजका अध्यक्ष अशोक कुँवरको अध्यक्षता तथा सचिव शंकर बि. के. को सञ्चालमा सम्पन्न भएको थियो । संस्थाका नवनिर्वाचित अध्यक्ष पदमनाथ नेपाल (सन्तोष) ले बोल्दै अध्यक्ष पदमा निर्विरोध रुपमा चयन गर्न सहयोग गर्ने सबैलाई हार्दिक आभार तथा धन्य व्यक्त गरे ।

उनले आफ्नो कार्यकालमा संस्थाको विकास र समृद्धिका लागि निरन्तर लागेर अगाडि बढ्ने प्रथिवद्धता व्यक्त गर्दै यसका लागि समाजमा आबद्ध सम्पूर्ण सदस्यहरुको दर्बिलो साथ र सहयोग आवश्यक रहेको बताए ।

साथै समाजको नयाँ कार्यसमितिको बैठकको निर्णयबाट संस्थाको सल्लाहकारहरुमा गोविन्द बहादुर कुँवर, कृष्ण बहादुर कुँवर, कमल नेपाल, विष्णु आचार्य र रण बहादुर कुँवरलाई मनोनित गरेको छ । त्यस्तैगरी समाजको  प्रेस संयोजकमा पत्रकार कृष्ण रणपाललाई मनोनयन गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।