ताजा अपडेट »

गुल्मीमा कफी र सुन्तलाका लागि क्षेत्र विस्तार

मंगलबार, ११ भदौ २०८१, १६ : २६
54 Shares
मंगलबार, ११ भदौ २०८१
54 Shares

गुल्मी । गुल्मीमा कफी, सुन्तला, मकै र बाख्रापालन कार्यक्रमका लागि क्षेत्र विस्तार गरिएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना कार्यान्वयनको आयोजनामा जिल्लाका १२ स्थानीय तहअन्तर्गतका विभिन्न वडामा क्षेत्र विस्तार गरिएको हो । 

परियोजनाद्वारा जोन तथा सुपर जोन कार्यक्रम अन्तर्गत ३२  वडामा क्षेत्र विस्तार गरिएको जिल्लास्थित प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गङ्गा पोख्रेलले जानकारी दिए  । परियोजनाद्वारा जिल्लाको चन्द्रकोट गाउँपालिका-२, ३ र ४, कालीगण्डकी-१ र ४, सत्यवती-८, छत्रकोट-१ र २, रुरुक्षेत्र-४, गुल्मीदरबार गाउँपालिका-१, रेसुङ्गा नगरपालिका-१४ मा सुन्तलाका क्षेत्र विस्तार गरिएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी-३ र ४ र चन्द्रकोट-६ का तीन वडामा कफीको क्षेत्र विस्तार गरिएको छ । बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिका-५ र ८, मदाने-४ र ७, इस्मा-१ र ३ तथा धुर्कोट-४ र ५ मा क्षेत्र विस्तार गरिएको छ । यसैगरि मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिका-२, ३ र ४, चन्द्रकोट-४, छत्रकोट-३ र ५, गुल्मीदरबार-३ र ४ मा मकैको क्षेत्र विस्तार गरिएको छ । जिल्ला परियोजना कार्यान्वयन एवं समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन इकाई खुमलटारले क्षेत्र विस्तारका स्वीकृति प्रदान गरेको थियो । 

अनुगमन समितिले स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्ति लगायतका मापदण्डलाई क्षेत्र विस्तारका लागि छनोटको मुख्य आधार बनाएको हो । तिनै मापदण्डका आधारलाई टेकेर क्षेत्र विस्तार गरिएको अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख दोर्णबहादुर खत्रीले बताए । परियोजनाद्वारा जिल्लाको १२ स्थानीय तहमध्ये मकै जोन कार्यक्रममा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ वडामा कार्यक्रम सञ्चालन गरिँदै आएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।