ताजा अपडेट »

अवैध लागूऔषधसहित चार जना पक्राउ

मंगलबार, ११ भदौ २०८१, १४ : ३०
18 Shares
मंगलबार, ११ भदौ २०८१
18 Shares

काठमाडौं । प्रहरीले देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ ।  जसमा सुर्खेतको बिरेन्द्रनगर नगरपालिका-१० बुलबुले नजिक होटेलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ४० मिलिग्राम र नगद ४३ हजार ५ सय रूपैयाँ सहित जुम्ला हिमा गाउँपालिका-३ बस्ने २३ वर्षीय प्रकाश नाथ योगीलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  

त्यस्तै झापाको भद्रपुर नगरपालिका-५ मेचीपुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १० ग्राम ९२ मिलिग्राम सहित सोही नगरपालिका-८ हस्पिटल चोक बस्ने २७ वर्षीय मोहित साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१० प ३२८७ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा भक्तपुर सुर्यविनायक नगरपालिका-३ बस्ने २८ वर्षीय सन्दिप थापा र २४ वर्षीया जोशिका श्रेष्ठ थापाको समेत संलग्नता रहेको खुल्न आए पश्‍चात दुवै जनालाई भद्रपुर नगरपालिका-८ हस्पिटल मोडबाट प्रहरीले पक्राउ गरेको छ । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।