ताजा अपडेट »

जेएन सर कोरियन ल्याङ्वेज इन्स्टिच्यूटको आयोजनामा रक्तदान

मंगलबार, ११ भदौ २०८१, १२ : ४९
136 Shares
मंगलबार, ११ भदौ २०८१
136 Shares

बुटवल । जेएन सर कोरियन ल्याङ्वेज इन्स्टिच्यूटले रक्तदान कार्यक्रम गरेको छ । रगतदान गरौं जीवन बचाउ भन्ने नारासहित  बुटवल १२ तामनगरमा रक्तदान कार्यक्रम भएको हो ।  नेपाल स्वयंसेवि रक्तदाता समाज, जिल्ला शाखा रूपन्देही रहेकोको सहयोगमा सो रक्तदान भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि लुम्बिनी प्रदेश सांसद  जमुना ढकाल, विशिष्ट अतिथि बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डे, अतिथि नेपाल स्वयंसेवि रक्तदाता समाज, जिल्ला शाखा रुपन्देहीका अध्यक्ष कृष्ण चौहान क्षेत्री, संस्थाका सचिव अर्जुनप्रसाद पौडेल, संस्थाका सदस्य जानकी नेपाल, संस्थाका सदस्य हरी ज्ञवाली, होस्टल एमडी आरती न्यौपाने, वरिष्ट ल्याब इन्चार्ज रक्त सञ्चार केन्द्र सेवा बुटवलका निरञ्जन भण्डारी, नमस्ते नेपाल केन्द्रिय समितिका संस्थापक अध्यक्ष अर्जुन खनाल, सामाजिक व्यक्तित्व दिनेश भुसाल र कुस्माखर पाण्डे, राजपुर टोल विकास समितिका सचिव कमला रन, लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो । 

स्वागत मन्तव्य कार्यक्रम संयोजक कमल भण्डारी, कार्यक्रम संचालक राज खनाल, कार्यक्रम समुद्घाटन प्रमुख अतिथिको हातबाट ब्लड ब्याग प्रदान गरी र कार्यक्रमको अध्यक्षता जेएन सर कोरियन ल्याङ्वेज इन्स्टिच्यूटका संचालक जगनाथ न्यौपानेबाट भएको थियो । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।