ताजा अपडेट »

बुटवल मोवाइल संघको पहिलो बोर्ड बैठक सम्पन्न

मंगलबार, ११ भदौ २०८१, १२ : ३८
120 Shares
मंगलबार, ११ भदौ २०८१
120 Shares

बुटवल । बुटवल मोवाइल संघ, रुपन्देहीको पहिलो बोर्ड बैठक सम्पन्न भएको छ । संघको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भए पछि पहिलो पटक सोमबार अध्यक्ष शिवदेव अर्यालको अध्यक्षतामा वोर्ड वैठक बसेको हो । बैठकमा विभिन्न महत्वपूर्ण निर्णय हुनुका साथै सल्लाहकार, प्रेस सल्लाहकार, मानार्थ सदस्य र सम्पूर्ण निर्वाचित पदाधिकारीहरुलाई सम्मान पत्र समेत पदान गरिएको थियो ।

बैठकले प्रेस सल्लाहाकारमा सुमन श्रेष्ठलाई चयन समेत गरेको छ ।  तेस्रो बार्षिक साधारणसभा तथा दोस्रो अधिवेशनबाट आगामी २ बर्षे कार्यकालका लागि अर्यालको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको थियो ।

संघको वरिष्ठ उपाध्यक्षमा विकास गौतम, उपाध्यक्षमा दिपेन्द्र पाण्डे ,महासचिवमा शालिकराम क्षेत्री ,कोषाध्यक्षमा भुवन पाण्डे, सचिवमा पुरुषोत्तम खनाल,साथै सह कोषाध्यक्षमा ऋषिराम न्यौपाने निर्विरोध निर्वाचित भएका थिए ।

त्यस्तैगरि कार्यसमिति सदस्यहरूमा  डिएन भण्डारी, मुक्ती न्यौपाने ,रिखी राम (कमल) पौडेल, श्याम बेल्बासे ,कृष्ण आचार्य ,राहुल पन्थी ,भुवन पान्डे ,गोबिन्द ज्ञवाली ,इस्वरी घिमिरे,सन्तोष श्रेष्ठ ,कृष्ण आचार्य,केशव उपाध्याय ,बेदराज अर्याल,निरु अर्याल,नारायण प्रसाद घिमिरे  र वरिष्ठ सल्लाहकारमा बिष्णुप्रसाद पौडेल र मानार्थ सदस्यमा राजेन्द्र पाण्डे चयन भएका थिए।

संघमा २ सय सदस्य रहेका छन् भने ४३ जना आजिवन सदस्य छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।