ताजा अपडेट »

आज सुनचाँदीको मुल्य कति पुग्यो ?

मंगलबार, ११ भदौ २०८१, ११ : २०
118 Shares
मंगलबार, ११ भदौ २०८१
118 Shares

काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।

मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।