ताजा अपडेट »

बुटवल काँग्रेसमा किन बढ्यो किचलो ? नगर सभापतिलाई केसीले लेखिन ‘खुला पत्र'

मंगलबार, ११ भदौ २०८१, १० : २८
298 Shares
मंगलबार, ११ भदौ २०८१
298 Shares

बुटवल । नेपाली काँग्रेस बुटवल नगरमा असन्तुष्टी र किचलो बढ्दै गएको छ । बुटवल उपमहानगरपालिकाका मेयर समेत रहेका नेपाली कांग्रेस नगर सभापति खेलराज पाण्डेयको कार्यशैलीप्रति पार्टी भित्रै असन्तुष्टी चुलिएको नगरका एक नेताले बताए  

त्यसको ज्वलन्त उदाहरण नगर अधिवेशनमा सभापति पदमा उपविजेता बनेकी रिता केसीले सामाजिक सञ्जाल फेसबुकमा पाण्डेयलाई खुलापत्र लेख्दै अनसन बस्ने सम्मका चेतावनी दिएकी छन् । सभापति पाण्डेयले पार्टीलाई मृत अवस्थामा पुर्याउन लागेको भन्दै उनले तत्काल बैठक नराखे पार्टी कार्यालयमा धर्ना बस्ने चेतावनी दिएकी हुन् । 

‘बुटवल उपमहानगर पालिका बासी नेपाली काङ्ग्रेसमा आस्थावान बुबा आमा दाजुभाइ दिदिबहिनीहरुलाइ  जय नेपाल !!! म आज एउटा गम्भीर कुरा के भन्न गैरहेकिछु भने नेपाली काङ्ग्रेस बुटवल वर्षौ बर्षसम्म  बैठक बस्न नसक्नु  पार्टीलाई चलायमान हुन नदिने  बुटवल नगरसमिति मृत जस्तो गराएर कोमामा लैजानको लागि पक्कै पनि सभापति पदमा  दाजु खेलराज पाण्डेज्युलाई जिताउनुभएको होइन होला ।’–केसीले लेखेकी छन्, यदि वहाँले केहि दिन भित्र नगरसमितिको बैठक बसाल्नुहुदैन भने म उपबिजेताको हैसियतले नेपाली काङ्ग्रेसको पार्टी कार्यालय मैनागरमा धर्ना बस्नेछु।’

२०७९ बैशाख ३० को चुनावअघि मेयरको उम्मेदवारमा आफैले आफैलाई सिफारिशको निर्णय गर्ने बेला बैठक बोलाएका र चुनाव जितेयता पूर्ण वैठक डाकेको आफूलाई जानकारी नभएको नेतृ केसीले बताएकी छन् । तेस्रो पटक नगर सभापतिमा निर्वाचित भएका पाण्डेयले ४ सय १२ मत प्राप्त गरेर विजयी हुँदा केसीले १ सय १४ मत ल्याएकी थिइन् । पाण्डेयले स्थानीय चुनावको मुखमा नगर समितिको पूर्ण बैठकलाई छलेर आफैले आफैलाई मेयरको उम्मेदवार सिफारिस गरेका भन्दै तत्कालीन क्षेत्रीय सभापति एवं मेयरका दावेदार हरि लम्सालले पार्टी परित्याग गरेका थिए ।

नेतृ केसी पार्टीभित्र संस्थापन पक्षको मानिन्छिन् भने पाण्डेय पाण्डेय शेखर कोइराला पक्षका मानिन्छन् । केही दिन अघि कांग्रेस बुटवल वडा नं ११ ले १९ वटै वडाका पार्टी नेतृत्व, जनप्रतिनिधिसँग राखेको छलफलमा पनि अधिकांश वक्ताले नगर सभापति एवं मेयर पाण्डेयको कार्यशैली र व्यवहारका कारण पार्टीभित्र चरम असन्तुष्टी बढेको र यसले आगामी चुनावमा ठूलो मूल्य चुकाउनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।