ताजा अपडेट »

बुटवलको बुद्ध सामुदायिक भेलिभिजन १७ औं वर्षमा

सोमबार, १० भदौ २०८१, १८ : ५३
34 Shares
सोमबार, १० भदौ २०८१
34 Shares

बुटवल । शान्तिका लागि सञ्चार अभियानद्वारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजन आजदेखि १७ औं प्रवेशमा प्रवेश गरेको छ । २०६५ सालमा कृष्ण जन्माष्टमीको दिन टेलिभिजनले आफ्नो प्रशारण सुरुवात गरेको थियो । वार्षिकोत्सवको अवसरमा टेलिभिजनले विभिन्न रचनात्मक तथा सामाजिक काम गर्दै मनाउँदै आएको छ । 

टेलिभिजनको कार्यालय बुटवलमा आज आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समाज रुपान्तरणमा टेलिभिजनको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । निष्पक्ष पत्रकारिता गर्नको लागि जोड दिँदै उनले  नेपालमै पहिलो मिडिया ग्राम बुटवलमा स्थापना गर्ने र यसको सुरुवात यसै वर्षबाट गरिने जानकारी दिए । मिडिया हाउसहरु पछिल्लो समय आर्थिक संकटबाट गुर्जिएको बताउँदै मिडिया ग्रामको स्थापना गर्न सके मिडिया हाउसलाई बचाउन सकिने पाण्डेयको भनाई छ । 

टेलिभिजनका अध्यक्ष ओम ज्ञवालीले टेलिभिजनले समाजका कुरानै प्रमुख मुद्दा बनाउँदै आएको बताए । बुटवलमा मिडिया ग्रामको स्थापनाको आवश्यकता रहेको बताउँदै उनले उपमहानगरपालिकाले मिडिया ग्रामको स्थापना गरे मिडिया हाउसलाई ठूलो राहात मिल्ने बताए । बुद्ध सामुदायिक टेलिभिजनका पुर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता बेनबहादुर पौडेल क्षत्रीले टेलिजिभनले अबका दिनमा आफ्नै भवन निर्माण गरेर प्रशारणको लागि पहल गर्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले पत्रकारले सधै प्रश्न गर्नुपर्ने र पत्रकारिता आचारसंहिताको पालनमा जोड दिए । 

टेलिजिभनका कोषाध्यक्ष अरुण कुमार श्रेष्ठले टेलिभिजको वार्षिकोत्सवलाई पर्वको रुपमा मनाउँदै आएको बताए । वार्षिकोत्सवको उद्घाटन समारोह टेलिभिजनका उपाध्यक्ष गोपाल ज्ञवालीको स्वागत तथा कार्यक्रम प्रमुख खेमराज रेग्मीको सञ्चालनमा सम्पन्न भएको छ । वार्षिकोत्सवको अवसरमा भदौ १४ गते रक्तदान, छात्रबृत्ति वितरण,तीज मिलन लगायतका रचनात्मक कार्यक्रम गरिने प्रमुख कार्यकारी प्रमुख कपिल ज्ञवालीले जानकारी दिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।