ताजा अपडेट »

सुर्खेतदेखि बुटवल आउँदै गरेको बस कपिलवस्तुमा दुर्घटना, १३ जना घाइते

सोमबार, १० भदौ २०८१, १७ : ४४
208 Shares
सोमबार, १० भदौ २०८१
208 Shares

बुटवल । सुर्खेतदेखि बुटवल आउदै गरेको बस कपिलवस्तुमा दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर १ बनकसबासमा सुर्खेतबाट बुटवल तर्फ हिडेको लु २ ख १५९८ नम्बरको बस पल्टिँदा १३ जना घाइते भएको प्रहरीले जानकारी दिएको छ ।

 ३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस एक मिटर तल पल्टिएको हो। घाइतेहरुको उद्वार गरि उपचारको लागि अस्पताल लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।