ताजा अपडेट »

भ्रष्टाचारमा हदम्याद अमान्य: अखिल (क्रान्तिकारी)

सोमबार, १० भदौ २०८१, १६ : ३७
26 Shares
सोमबार, १० भदौ २०८१
26 Shares

काठमाडौं ।  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) निकटको अखिल (क्रान्तिकारीले भ्रष्टाचारमा हदम्यादको कुरा आफूहरुलाई मान्य नहुने चेतावनी दिएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले)को गठबन्धनले भ्रष्टाचारीलाई जोगाउँने र संरक्षण गर्ने उदेश्यले हदम्यादको बिषय उठाएको आरोप अखिल (क्रान्तिकारी)ले लगाएको छ । 

अखिल (क्रान्तिकारी)का अध्यक्ष पंचा सिंहले आज एक बिज्ञप्ती जारी गर्दै भ्रष्टाचारीलाई संरक्षण गर्ने उदेश्यले ल्याउँन लागेको हदम्यादको बिषय आफूहरुलाई मान्य नहुने जनाएकी छन् । 

‘भ्रष्टाचारी जो सुकै भए पनि चाँडो वा ढिलो कानुनी कठघरामा उभिनै पर्छ र उनीहरु छानबिनको दायरामा आउनैपर्छ’ भन्ने स्पष्ट मान्यता अखिल (क्रान्तिकारी)को रहेको उनले जनाएकी छन् । 

भ्रष्टाचारीलाई मृत्युपछि पनि मुद्दा चलाउन सकिने ‘भ्रष्टाचार निवारणसम्बन्धी ऐन २०५९ को  प्रावधान संशोधन गरेर हदम्याद राख्न सरकारले अघि बढाएको विधेयक र तयारीले यो कुरा स्पष्ट संकेत गरेको अखिल (क्रान्तिकारी)ले जनाएको छ । भ्रष्टाचार गरेर अकुत सम्पती आर्जन गरेका निकटस्थहरुलाई कानूनी रुपमै उन्मुक्ति दिने उद्देश्यले आएको प्रस्ताव र तयारीप्रति अखिल (क्रान्तिकारी)ले खेद प्रकट गरेको छ ।

‘भ्रष्टाचार नेपाली समाजमा महारोग बनिरहेको सन्दर्भमा भ्रष्टाचारसम्बन्धी राष्ट्रसंघीय महासन्धि २००३ मा भ्रष्टाचारको मुद्दा चलाउने मामिलामा सकेसम्म हदम्याद राख्न नहुने र राख्नै परे लामो अवधिको राख्नुपर्ने प्राबधानलाई ध्यान दिन, बहुमतको आधारमा कानुनमाथि खेलवाड गर्ने कार्यमा तुरुन्त रोक लगाउन र  शुसासनका निम्ति जिम्मेवार बन्न हामी सरकारसँग जोडदार माग गर्दछौं’ सिंहले जारी गरेको बिज्ञप्तीमा उल्लेख गरिएको छ । 

बहुमतको बलमा भ्रष्टचारी चोख्याउने कानुन र आधार बनाउन खोजिन्छ भने अखिल (क्रान्तिकारी) त्यसको कडा प्रतिवाद गर्न तयार रहेको उनले जनाएकी छन् । संसदीय मूल्य मान्यता मिच्दै बनेको संसदका दुई ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धनले ‘अघिल्लो सरकारले भ्रष्टाचार बिरुद्ध चालेको कदमको श्रृंखलामा ब्रेक लागाउँदै भ्रष्टचारीहरुको संरक्षणमा उत्रिएको’ आभास जनतालाई भईरहेकोप्रति गम्भिर ध्यानाकर्षण भएको अखिल (क्रान्तिकारी)ले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।