ताजा अपडेट »

बुटवलमा व्यवसायिक संस्थाको ‘सेण्डिकेट’ : सरकारकै सहयोगमा डेल्टा मार्टको जुत्ता मेला स्थगित

सोमबार, १० भदौ २०८१, १४ : १०
656 Shares
सोमबार, १० भदौ २०८१
656 Shares

बुटवल । बुटवलका निजी व्यवसायिक संस्थाहरुको ‘सेण्डिकेट’लाई सरकारले समेत साथ दिएपछि अन्तः डेल्टा मार्टमा आयोजना हुन लागेको जुत्ता मेला स्थगित भएको छ । नेपाली जुत्ता घर प्रा.लि.ले यही भदौ ९ गतेदेखि दशैसम्म सञ्चालन गर्ने भनि तयारी गरेको मेलास्थलमा यहाँका अन्य व्यवसायीहरुले तोडफोड तथा विरोधपछि मेला स्थगित हुने अवस्थामा पुगेको हो । 

तोडफोडपछि उत्पन्न विवाद समाधान गर्न बुटवल वडा नम्बर ८ को रोहवरमा यहाँ व्यवसायिक संस्थाहरुको प्रतिनिधिहरु बीच सोमबार भएको बार्तापछि मेला स्थगित गर्नुपर्ने अन्तिम सहमतिमा पुर्याएका हुन् । वडा अध्यक्ष यज्ञप्रसाद पंगेनीको रोहवरमा बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही व्यापार संघका अध्यक्ष दिपकप्रसाद अधिकारी, उद्योग व्यापार संघका अध्यक्ष विष्णुप्रसाद पाण्डे र रुपन्देही उद्योग संघका उपाध्यक्ष हरिप्रसाद खत्रीको हस्ताक्षर रहेको समति पत्रमा मेलाका सम्पूर्ण कार्यक्रम स्थगित गर्ने उल्लेख गरिएको छ । उक्त सहमतिपत्रमा लुगा घर प्रा.लिका सञ्चालक प्रकाश भुसालले समेत हस्ताक्षर गरेका छन् ।  

नेपाल सरकारको सबै कानूनी प्रक्रिया पूरा गरि सरकारका आधिकारीक निकायमा दर्ता रहेको नेपाली लुगा घर प्रालीले चाडवाड लक्षित मेला आयोजना गरे पनि सरकारी निकायबाट कुनै अनुदान वा अनुचित लाभ नलिएको सञ्चालक भुसालले दाबी गरे । यसरी कुनै अनुचित लाभको उद्देश्य नराखी नितान्त व्यवसायिक उद्देश्यले मेला आयोजना गरी ग्राहलाई सुविधा उपलब्ध गराउने कुरामा व्यवसायीहरु तथा तिनका छाता संगठनहरुले नै अबरोध गर्नु दुःखद भएको उनले उल्लेख गरे । 

विशेष गरी मेला स्थगित गर्नका लागि रुपन्देही व्यपार संघले पहिलेदेखिनै दबाब सिर्जना गर्दै आएको छ । संघका अध्यक्ष दिपक प्रसाद अधिकारीले मेला स्थगित गर्न भन्दै वडा कार्यालयलाई ध्यानाकर्षण पत्र समेत पठाएका थिए । उक्त पत्रको विषयलाई लिएर विभिन्न सामाजिक सञ्जालहरुमा ‘व्यापार संघको दादागिरी’ भन्दै आलोचनाहरु भएका छन् । 

बुटवल-८ को वडा कार्यालयले समेत सरकारको आधिकारीक निकायमा दर्ता प्रक्रिया पूरा गरी ब्यवसाय गर्न आएको लुगा घरलाई बिभिन्न नामका संघ संथहरुसँग समन्वय गरेर मात्र संचालन गर्न निर्देशन गर्दै एकाधिकारलाई स्थापित गराएको छ । 

यस्तो छ सहमति-पत्र

sahamati

बुटवलमा आयोजित जुत्ता मेलामा तोडफोड तथा हातपात


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।