ताजा अपडेट »

ओमानका विदेशमन्त्री आज काठमाडौँ आउदै

सोमबार, १० भदौ २०८१, १० : ३४
22 Shares
सोमबार, १० भदौ २०८१
22 Shares

काठमाडौं । ओमानका विदेशमन्त्री सय्यद बद्र विन हमाद अल्बुसैदी दुईदिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउदै छन् । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको निमन्त्रणमा उनी नेपाल आउन लागेका हुन् । 

नेपाल भ्रमणमा दुई परराष्ट्रमन्त्रीले द्विपक्षीय भेटवार्ता गर्ने तय भएको छ । यसैगरी, नेपाल–ओमान सम्बन्धलाई थप प्रगाढ बनाउने विभिन्न विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालमा रहँदा ओमानका विदेशमन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

ओमानका विदेशमन्त्रीले मंगलबार नेपालबाट फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी गराएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।